back
CTIZAN AD

बलिउडको कला नेपाल भित्र्याउने कलाकार गजुरेलको चाहना

वि.सं.२०७७ मंसिर २८ आइतवार

795 

shares

२८ मङ्सिर, चितवन । विश्व चलचित्र क्षेत्रमा कहलिएको मुम्बईमा रहेर लामो समय कला निर्देशन र प्रोडक्सन डिजाईनरमा जमेका नेपाली कलाकार अञ्जन गजुरेल बलिउडको कलालाई नेपाल भित्र्याउन चाहन्छन् ।

केही दिनअघि आफ्नो हिन्दी चलचित्र लुडोको प्रचारका क्रममा यहाँ भेटिएका गजुरेलले बलिउडको आफ्नो सीपलाई नेपाली सिने क्षेत्रमा देखाउन चाहेको बताए । सन् १९९८ मा भारतको मुम्बईमा फाइन आर्ट ललितकला पढ्न पुगेका गजुरेलले त्यहाँको जेजे स्कूल आफ आर्टबाट स्नातकोत्तर गरे ।

त्यसअघि काठमाडौँको भोटाहिटीमा रहेको ललितकला क्याम्पसमा चित्रकला विषयमा उनले प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका थिए । सन् १९८८ मा धनुषाको लालगढमा जन्मेर स्थानीय विद्यालयमा एसएलसीसम्मको अध्ययन गरेका उनी काठमाडौँ हुँदै मुम्बईमा अध्ययनका लागि पुगेका हुन् ।

त्यहाँ अध्ययनपछि बालाजी फिल्ममा छिरेका उनी त्यसपछि चलचित्र क्षेत्रबाट बाहिर आउन परेन । चलचित्रका लागि सुटिङ गर्न आवश्यक सम्पूर्ण भौतिक संरचना निर्माण र निर्देशनको दायित्व उनले लिँदै आएका छन् । चलचित्रको कथालाई राम्रोसँग पर्दामा उतार्नका लागि तयार गरिने कलात्मक संरचना नै कला हो । जहाँ घरका भवनदेखि भित्री डिजाइनसम्म पर्दछन् ।

त्यसको निर्देशनको जिम्मेवारी कला निर्देशकको कामभित्र पर्दछ । गजुरेल कला निर्देशकसँगै प्रोडक्सन डिजाइनर पनि छन् । ठूलो पर्दाको चलचित्र लुडो, काबुल एक्सप्रेस, क्यारिअन कुत्तो, वीलयु म्यारी मि, आगाया हिरो र रामभजन जिन्दावादको कला निर्देशन उनले गरेका छन् ।

भर्खरै रिलिज भएको अनुराग वासुको लुडो नेटफ्लिक्समा पनि हेर्न सकिने उनले जानकारी दिए । यसले आफ्नो कला निर्देशनलाई उचाइमा पु¥याएको गजुरेलको जिकिर छ ।

त्यस्तै हलिउडको ओपन वाईड हर्ट र नेपाली चलचित्र कोहिनुरको कला निर्देशन आफूले गरेको गजुरेलको भनाइ छ । उनले धेरैले रुचाएका कसौटी जिन्दगिकी, कुटुम, ईर्फान खानको मानो या नमाने, कुछस्तर, तुमसे हरावत जस्ता ३५ भन्दा बढी टिभी सिरियलमा कला निर्देशन गरेका छन् ।

उनको ख्यातीसँगै नेपाली वृत्तचित्र रेन्बोमा उनलाई समेटिएको छ । बलिउडका चर्चित गीत लुङ्गीडान्स, डेल्लीबेल्ली फिल्मको प्रमोसन गीत, ह्याट यु लाईक लभ यु जस्ता गीतमा उनले कला निर्देशन गरेका छन् ।

कुनै पनि चलचित्रको कथा तयार भएपछि सुटिङ छायाङ्कनका लागि आवश्यक संरचना थ्रिडिमा तयार भएसँगै सोही अनुसारको संरचनाको जिम्मेवारी गजुरेलले लिने गरेका छन् ।
उनले भने, “एउटा चलचित्रमा मेरो मातहतमा दुई सयदेखि तीन सय कर्मचारी मजदूर खट्ने गर्दछन् ।” बलिउडको एउटा चलचित्रले कला निर्देशन क्षेत्रमा मात्रै रु ३० करोडदेखि ५० करोडसम्म खर्च गर्ने गरेको उनी बताउँछन् ।

विगतलाई सम्झँदै उनले भने, “शुरुवाती क्षणमा मैले दैनिक दुई सय रुपैयाँमा पनि काम गरेँ, पछिल्लो समय एकै सातामा रु आठ लाखसम्म आर्जन गर्न सफल भएको छु ।” आफू चलचित्र क्षेत्रमा छिर्दै गर्दा दैनिक आफूले रु २०० पाउने र आफ्नो मातहतमा काम गर्नेले रु दुई हजार २०० बुझ्दा नरमाइलो लाग्ने गरेको अनुभूति उनीसँग छ ।

मुम्बई शहरमा आफ्ना तीन वटा फल्याट भए पनि अबको आफ्नो जीवन नेपाली चलचित्रको विकासमा लगाउने गजुरेलको चाहना छ । नेपाली चलचित्र क्षेत्रले बलिउडको कला समेट्न सक्ने हो भने दर्शकको मन जित्न सहज हुने उनी बताउँछन् ।

ललितकला क्याम्पस पढेपछि परिवारले अष्ट्रेलिया जाने भए तीन महिनाको खर्च व्यहोर्न र भारत गए पढुञ्जेलको खर्च व्यहोर्ने सर्तमध्ये आफूले भारत रोजेको भन्दै उनले भने, “मैले पढ्दा कति दु्ःख गरेँ, सुनाउन पनि कठिन छ ।” बलिउडमा धेरै नेपाली खारिएका कलाकर्मी रहेको भन्दै उनले त्यो जनशक्तिलाई नेपाल फर्काउन सके यहाँको चलचित्र उद्योगले ठूलै फड्को मार्ने उनले बताए ।

मुम्बईमा रहँदा कला निर्देशनसँगै गजुरेलले वास्तु शास्त्रको पनि अध्ययन गरेका छन् । कलाकै ज्ञानका कारण घर र कार्यालयको भित्री सजावट इन्टेरियर डिजाइनमा पनि उनको दख्खल छ । विदेशमा सिकेका सीपसँगै नेपाल फर्कने चाहना रहेको उनले दोहो¥यायो ।
रासस

वि.सं.२०७७ मंसिर २८ आइतवार ११:२७ मा प्रकाशित

प्रदेशहरुका सरकार समस्यामा : प्रचण्ड फर्केपछि ठोस निर्णय हुने

प्रदेशहरुका सरकार समस्यामा : प्रचण्ड फर्केपछि ठोस निर्णय हुने

काठमाडौँ । प्रदेश सरकारहरू फेरबदल हुने चर्चाले यतिबेला राष्ट्रिय राजनीतिमा...

धोबीघाटको अत्याधुनिक ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

धोबीघाटको अत्याधुनिक ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

काठमाडौँ । ललितपुरको धोबीघाटमा निर्माण सम्पन्न भएको अत्याधुनिक ढल प्रशोधन...

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो एक शाखा कार्यालयको...

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले सामूहिक...