back
CTIZAN AD

गुल्मी सेवा समाज कतारले बृहत बनभोज तथा साँस्कृतिक कार्यक्रम गर्ने

वि.सं.२०७३ माघ ३ सोमवार

1.1K 

shares

gulmi sewa samaj logo

कुमार ‘अविरल’ पन्थी, कतार । ‘गुल्मी सेवा समाज कतारको प्रतिवद्धता, निस्वार्थ समाज सेवा आजको आवश्यकता’ भन्ने मूल नाराका साथ गुल्मी सेवा समाज कतारको छैठौ नियमित मासिक बैठक शुक्रबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष बुद्ध पाण्डेको अध्यक्षतामा बसेको उक्त बैठकमा कार्यसमितिका पदाधिकारीहरु, सल्लाहकार समिति लगायत रोजगारीको सिलसिलमा कतारमा कार्यरत गुल्मेलीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

समाजले बिगतका वर्षहरुमा आयोजना गर्दै आएको बनभोज तथा साँस्कृतिक कार्यक्रमलाई निरन्तरता दिदै यस वर्ष पनि आगामी मार्च ३ तारिखका दिन बृहत बनभोज तथा साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । शुक्रबार सम्पन्न सस्थाको छैठौ नियमित बैठकले उक्त निर्णय गरेको हो ।

कतारमा रहेका नेपालीहरु, बिशेष गरी गुल्मेलीहरुलाई उक्त कार्यक्रममा उपस्थित गराउने, कतारमा रहेका नेपालीहरु बिच भेटघाटको साथै विविध साँस्कृतिक प्रस्तुतिहरुले स्वच्छ मनोरञ्जन दिने कार्यक्रमको लक्ष्य रहेको बताइएको छ ।समाजले बिगतका वर्षहरुमा जस्तै यसवर्ष पनि उक्त कार्यक्रमलाई निरन्तरता दिएको हो । बैठकमा बोल्दै अध्यक्ष पाण्डेले प्रवासमा रहेका नेपालीहरुलाई स्वदेशको झल्को मेटाउने एउटा छुट्टै किसिमको कार्यक्रम आयोजना गर्दै छौ । उक्त दिनमा यहाँ स्थित सम्पूर्ण संघ सस्थाहरुलाई कार्यक्रम नजुधाई दिन समेत अनुरोध गरे । कार्यक्रमको बारेमा छिटै नै सूचना प्रकाशन गरी वृस्तित रुपमा जानकारी गराइने साझा नेटवर्कलाई बताए । उक्त कार्यक्रममा कतारमा रहेका गुल्मेली तथा गैर गुल्मेलीहरु सहभागी हुन पाउनेछन् । रोजगारीका सिलसिलामा जन्मभूमि छोडेर कतारलाई कर्मभुमि बनाई श्रम गरिरहेका गुल्मेलीहरुलाई गुल्मी सेवा समाज सँग आवद्ध हुन आग्रह गरिएको छ ।

वि.सं.२०७३ माघ ३ सोमवार ०६:०२ मा प्रकाशित

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) का अधिकार, नागरिकता ऐनको प्रभावकारी...

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

प्रेम परियार, नर्वे । प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) नर्वेको...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...