back
CTIZAN AD

कविता: छ लाज आफै पनि आज लज्जित

वि.सं.२०७७ पुस ११ शनिवार

633 

shares

समाज हाम्रो यशले सजाउँछु
अभिन्न माया जनमा दिलाउँछु
बनेछ आशा पलमा विखण्डित
छ लाज आफैँ पनि आज लज्जित ।१।

बिभिन्न खाले षडयन्त्रमा भुली
झुकाउँदैछौ शिर यो यसै गरी
प्रपञ्च ठूला दलमा छ निन्दित
छ लाज आफैँ पनि आज लज्जित ।२।

बनेर ज्ञानी जगमा सु–सज्जित
बिचार हाम्रा अति नै अलङ्कृत
थिए बिगार्यौ हुनु पर्छ दण्डित
छ लाज आफैँ पनि आज लज्जित ।३।

सुनेर केही जनभावनाहरू
विभेद फालौँ जन बीचमा बरू
हुदैन राम्रो नबनौँ प्रताडित
छ लाज आफैँ पनि आज लज्जित ।४।

थिए बहाना जनता रिझाउने
सु–योजनाले जगमा चिनाउने
रहेछ बाटो धन खान लक्षित
छ लाज आफैँ पनि आज लज्जित ।५।

छन्द  वंशस्थ

वि.सं.२०७७ पुस ११ शनिवार १०:२० मा प्रकाशित

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...