back
CTIZAN AD

कविताः जीवनको खेती

वि.सं.२०७७ पुस ११ शनिवार

789 

shares

जीवन, पटाहा लगाउँदैछु
समयले सिँचाई गर्दैछ
हली हुँ,
साहस लिएको छु
दुई हल अभिलाषा पाखुरामा साँचेको छु ।

फलामको आँसु चपाउँदै
ढुङ्गाको पसिना बगाउँदै
सपनाको खेतमा
रहरको बीउ रोप्दै
म जीवनको खेती गर्दैछु ।

समयको सिंचाई,
कहिले सोचे जस्तो बर्षा नहुने
कहिले अत्याधिक झरी पर्ने
कहिले इच्छाका मञ्जरीहरु खसाल्ने
कहिले आशाका फूलहरुको पत्रपत्र अलपत्र पारिदिने ।

सम्हाल्दै मनलाई
समाउँनु छ हिम्मतको हँसिया
र काट्नु छ पीडा जरैदेखि,
खोज्नु छ आत्मबलको आरा
र गिड्नु छ दुःख टुक्राटुक्रा पारेर ।

आयुको आकाश चियाउँदैछु
आकाशको छाती चिरेर
केही थोपा उमेर खस्दै रहेछ
खुसी हुदैँ सोचेँ,
अब जीवनको खेती हुनेछ ।

अपसोच!
उक्त थोपा उमेर, केवल मृगतृष्णा रहेछ
मिथ्या झुठो जीवनको अन्त्य रहेछ ।

 

वि.सं.२०७७ पुस ११ शनिवार १०:२३ मा प्रकाशित

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...