back
CTIZAN AD

नयाँ फिचर सहितका ब्ल्याक भ्यु स्मार्ट फोन नेपाली बजारमा

वि.सं.२०७३ माघ ५ बुधवार

897 

shares

काठमाण्डौं । सूचना र प्रबिधिको बिकासमा आएको तिब्रताका कारण बिश्व बजारमा मोबाईलका प्रयोगकर्ताको सँख्या बढेसँगै बिभिन्न मोबाईल कम्पनिहरुका बिचमा मोबाईल प्रयोगकर्तालाई बिभिन्न तरीकाले आफ्नो उत्पादन तर्फ आकर्षित गराउने होडबाजि चलिरहेको छ । यसैको प्रतिफल स्वरुप चर्चित मोबाईल उत्पादक कम्पनि ब्ल्याकभ्युले नेपालमा पनि आफ्ना बिभिन्न ब्राण्डका स्मार्ट फोनहरु नेपाली बजारमा भित्राएको छ । “स्मार्ट फोन फर इभ्रिवान” भन्ने स्लोगन तय गरेको ब्ल्याकभ्यूले सबैखाले उपभोक्ताहरुको क्रयशक्तिलाई मध्यनजर गर्दै फोन सेटहरु उत्पादन गरिरहेको जनाएको छ । उक्त कम्पनिका स्मार्ट फोनहरु हाललाई नेपाली बजारमा रु.६५०० देखि रु.३००००÷– सम्ममा उपलब्ध गराइएको आयतकर्ता कम्पनीका कपिल खनालले जानकारी दिए । उनका अनुसार अधिकांस ब्ल्याक भ्यु स्मार्ट फोनमा फोर जी नेटवर्क सपोर्ट गर्दछ । काठमाण्डौको बसुन्धरामा रहेको पर्ल बिजिनेस ग्रुप मार्फत उक्त कम्पनिले आफ्ना उत्पादनहरु नेपाली बजारमा भित्राउँदै आएको छ ।
ब्ल्याकभ्यूले उत्पादन गरेका मोबाईल सेटहरुमा डिस्प्ले ४.५ ईन्च देखि ५.५ ईन्च, र्याम १ जिबि देखि ४ जिबि सम्म, रुम ८ देखि ६४ जिबि सम्मको रहेको छ । त्यस्तै सन्चय क्षमता बढाउनुु परेमा १२८ जिबि सम्मको माईक्रो एसडि कार्डको प्रयोग गर्न सकिने मोबाईल सेटहरुमा कोर र अक्टाकोर प्रोसेसरहरुको प्रयोग गरीएको छ । रेयर क्यमरा ५ मेगापिक्सेल देखि १६ मेगापिक्सेल र फ्रन्ट क्यमरा २ मेगा पिक्सेल देखि ८ मेगा पिक्सेल सम्म रहेको यो कम्पनिका अधिकांस फोनहरुमा दुबैतर्फ लेड फ्ल्यास रहेको छ भने यसमा प्रयोग हुने ब्याट्रीहरु २०५० एमएएच देखि ५००० एमएएच सम्मका रहेका छन । अधिकांश फोनहरुमा एन्ड्रोृईडमा आधारित ६ दशमलब शुन्य मासमेलो अपरेटिङ सिस्टम र ५ दशमलब शुन्य ललिपप अपरेटिङ सिस्टमको प्रयोग गरिएको र फिङगर प्रिन्ट सेन्सर, प्रोक्सि सेन्सर, ग्यास्ट्रो सेन्सर र लाईट सेन्सरको प्रयोग गरीएका फोनहरु उपलब्ध गराईएको आयतकर्ताले बताएका छन । यो कम्पनिले उत्पदन गरेका बिभि ६००० र बिभि ५००० मोडलका मोबाईलहरुमा भने फरक बिशेषता रहेको आयत कर्ताको भनाई रहेको छ ।

बिभि ६०००
Blackview_BV6000
यो मोडलका स्मार्टफोनहरु आगो, पानि र धुलोबाट पुर्णतया सुरक्षि हुने गरी तयार गरीएको छ भने यो फोन खस्दा पनि नफुट्ने गरी सुरक्षित गरीएको छ । यो मोबाईलमा २ गिगा हर्जको अक्टाकोर प्रोसेसर, मिडिया टेकको हेलियो पि वान जेरोको प्रयोग गरीएको छ । आबस्यकता अनुसार १२८ जिबि सम्मको माईक्रो एसडि कार्डको प्रयोग गरी संचय क्षमता बिस्तर गर्न सकिने यो स्मार्टफोनको र्याम ३ जिबि र रुम ३२ जिबि रहेको छ भने लेड फ्ल्यास सहित १३ मेगा पिक्सेलको रेयर क्यामरा तथा ५ मेगापिक्सेलको उत्कृस्ट सेल्फि क्यमरा जडित रहेको छ । ४.७ ईन्च एच डि सहितको स्क्रिन भएको यो मोबाईलमा फास्ट चार्ज हुने ४५०० एमएएचको नन रिमुभ एबल लिथियम पोलिमर ब्याट्रिको प्रयोग गरीएको छ । २ वटा माईक्रो सिमकार्ड राख्न मिल्ने गरी निर्माण गरीएको यो स्मार्टफोनमा फो जि सम्मको नेटवर्क सपोर्ट गर्दछ । यो मोबाईलको डाट स्पिड ३ जी र एलटीईमा ४२ एमबिपिएस,अपलोड क्षमता ५.७६ एमबिपिएस र ४ जी नेटवर्कमा ३००÷५० एमबिपिएस क्षमता रहेको छ । एन्ड्रोईडमा आधारीत सिक्स पोईन्ट जेरो मासमेलो अपरेटीङ सिस्टममा आधारीत कर्निङ गोरिल्ला ग्लास थ्रि द्वारा सुरक्षित गरीएका यी स्मार्ट फोनहरु कालो, हरीयो र पहेंलो रंगमा बजारमा उपलब्ध छन । यो फोनको बजार मूल्य नेपाली बजारमा रु. १९९९५ रहेको छ ।

बिभि ५०००
Blackview-BV5000-Specs
१.० गिगा हर्जको क्वाडकोर प्रोसेसर रहेको यो स्मार्टफोनमा लेड फ्ल्यास सहित ८ मेगापिक्सेलको रेयर क्यमरा र २ मेगा पिक्सेलको फ्रन्ट क्यमरा जडित रहेको छ । २ जिबिको र्याम र १६ जिबिको रुम रहेको यो स्मार्टफोनमा अतिरिक्त संचय क्षमता बृद्वि गर्नका लागि १२८ जिबि सम्मको माईक्रो एसडि कार्डको प्रयोग गर्न सकिन्छ । ५.५ इन्चको स्क्रिन साईज रहेको यो फोनमा ५००० एमएएचको लिथियम आईओएन पोलिमर ब्यट्रिको प्रयोग गरीएको छ । माईक्रो सिम सहित २ वटा सिम राखेर चलाउन मिल्ने ४२.२÷५.७६ एमबिपिएस स्पिडमा ४ जी नेटवर्क सपोर्ट गर्ने यो स्मार्टफोन एक्लेरोमिटर, प्रोक्सिमिटी, हाल्फ इफेक्ट सेन्सर ग्राभिटी सेन्सर जडीत रहेको छ । एन्ड्रोईडमा आधरीत भि फाइभ पोईन्ट वान ललिपपमा आधारीत रहेर तयार गरीएका यी स्मार्टफोनहरुको मूल्य नेपाली बजारमा रु.१४९९५ रहेको छ ।

वि.सं.२०७३ माघ ५ बुधवार ०५:२२ मा प्रकाशित

एनआईसी एशिया बैंकको “मोबैंक” एपबाटै सजिलै डाटाप्याक खरिद गर्न सकिने

एनआईसी एशिया बैंकको “मोबैंक” एपबाटै सजिलै डाटाप्याक खरिद गर्न सकिने

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई इन्टरनेट सेवामा निरन्तर...

नेपाल बैंकद्वारा ‘एनबीएल सर्व सुलभ आवास कर्जा’ योजना सार्वजनिक, ५% बाटै ब्याजदर सुरु

नेपाल बैंकद्वारा ‘एनबीएल सर्व सुलभ आवास कर्जा’ योजना सार्वजनिक, ५% बाटै ब्याजदर सुरु

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले सर्वसाधारणलाई सहज...

सानिमा बैंकका ग्राहकले अब ‘सजिलो ई-बैंकिङ एप’बाटै डेटा प्याक खरिद गर्न सकिने

सानिमा बैंकका ग्राहकले अब ‘सजिलो ई-बैंकिङ एप’बाटै डेटा प्याक खरिद गर्न सकिने

काठमाडौँ । सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई थप सहज सुविधा दिने...

नबिल बैंकद्वारा विशेष सुविधासहित “नबिल घर पुनर्निर्माण कर्जा” सार्वजनिक

नबिल बैंकद्वारा विशेष सुविधासहित “नबिल घर पुनर्निर्माण कर्जा” सार्वजनिक

काठमाडौँ । नबिल बैंकले ग्राहकहरूलाई आफ्नै घर पुनर्निर्माणका लागि सहज...

सानीमा बैंकको नाफा ३८ प्रतिशतले बढ्यो, प्रति सेयर आम्दानी २५.७५ रुपैयाँ पुग्यो

सानीमा बैंकको नाफा ३८ प्रतिशतले बढ्यो, प्रति सेयर आम्दानी २५.७५ रुपैयाँ पुग्यो

काठमाडौं। सानीमा बैंकले आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म उत्साहजनक...

नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन गरिँदै

नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन गरिँदै

काठमाडौँ । नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदैछ...