back
CTIZAN AD

तान्जानियाबाट पाँच नेपाली कामदारको उद्दार

वि.सं.२०७३ माघ ५ बुधवार

942 

shares

tanzania logo

दार ए सलाम, तान्जानिया । बिगत एक बर्ष देखि तलब रोकि, फिर्ता टिकट र पासपोर्ट समेत नदिई राखिएका पाँच नेपाली कामदारको गैर आबासिय नेपाली संघ तान्जानियाले उद्दार समन्वय गरि फिर्ता पठाएको छ । तान्जानियाको दार ए सलाम देखि ५०० किलोमिटर टाढा जङली क्षेत्रमा रहेको खनिज सम्बन्धि उधोग कङारू मिनरल्समा भारतको मुम्बई हुँदै दुई बर्ष अघि रोजगारिका लागि आई अलपत्र परेकामा नृप बहादुर टमट्टा, जगत बहादुर कुवर र अम राज सार्की (अछाम) र लोगे टमट्टा र भुवन कुवर (कैलाली) थिए ।

‘उक्त घटनाको गत एक महिना अघि एनआरएनएको जानकारीमा आए पछि हामीले उनीहरुको तलब , टिकट र पासपोर्टका लागि रोजगार दाता कम्पनी संग आवश्यक पहल थालेका थियौ । कम्पनीले टिकट र कम्पनी चलेको बखतको तलब सुबिधा र पासपोर्ट तत्काल फिर्ता दिने भए पछि र बाकी रकम कम्पनिको मुम्बई स्थित कार्यालयमा कुरा गर्ने पीडित साथिहरुको सहमती भएपछी उनीहरुलाई दार ए सलाम ल्याई मुम्बै फिर्ता पठाइएको छ ,संघका तान्जानिया अध्यक्ष रोशन थापाले भने ।’

संघका अफ्रिका क्षेत्रीय संयोजक सुनिल कार्कीले संघको तान्जानिया समितीले कुशलता पुर्बक उद्धारको संयोजन गरि बिपतमा परेका नेपालीको सहयोग गरेकोमा खुशी व्यक्त गर्नु भयो । यस कार्यको लागि आबस्यक सहयोग र सल्लाह दिने प्रीटोरिया स्थित नेपाल दुतावास,महामहिम राजदुत अमृत बहादुर राई र संघका अन्र्तरास्ट्रिय समितीका कोषाध्यक्ष हिक्मत थापा प्रती आभारी छौ , उनले अगाडि भने ।

वि.सं.२०७३ माघ ५ बुधवार ०५:२० मा प्रकाशित

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...