back
CTIZAN AD

कतारमा आधा दर्जन नेपाली राष्ट्रिय कलाकार सम्मानित

वि.सं.२०७३ माघ ५ बुधवार

885 

shares

unnamed (1)

कुमार ‘अविरल’ पन्थी, कतार । ‘प्रवासमा नेपाली कलाकारहरु एक हौऔ, नेपाली कला, सस्कृती र प्रतिभाको सम्मान तथा प्रबद्र्धन गरौ’ भन्ने मूल नाराका साथ अगाडी बढी रहेको बसन्त फिल्मस् प्रा.लि.ले विभिन्न विधाका आधा दर्जन राष्ट्रिय कलाकारहरुलाई सम्मान गरेको छ । नेपाल तामाङ कलाकार संघ कतारले आयोजना गरेको साँगितिक कार्यक्रमका लागि कतार आएका कलाकारहरुलाई फिल्मसले एक कार्यक्रमका बीच सम्मान गरेको हो ।

कतारको मुग्लिनामा अवस्थित वेलकम डाईन रेस्टुरेन्टमा आयोजित कार्यक्रममा फिल्मसका प्रबन्ध निर्देशक ईश्वर काफ्ले सभापति तथा प्रमुख सल्लाहकार माया के.सी. प्रमुख अतिथि रहेका थिए । त्यस्तै व्यवसायी तथा समाज सेवी महल के.सी., राम जी खत्री, समाजसेवी बिमल सुबेदी, नेपाल मगर संघ साखा कतारका महासचिव विजय मगर,नेपाल तामाङ कलाकार संघ कतारका सल्लाहकार अशोक सिङ्गदन तामाङ, व्यवसायी तथा समाज सेवी परशुराम दाहाल,पुनम दाहाल, एभरेष्ट युथ यसोसियसन कतारका अध्यक्ष उत्तम गुरुङ, राजधानी अन्र्तराष्ट्रिय साप्ताहिकका पत्रकार दिल कुमार श्रेष्ठ, फेवा सास्कृतिक परिवारका संयोजक विक्की बि.क., समाज सेवी कृष्ण बराल विशेष अतिथि रहेका थिए । साथै गित संगीत र कलाकारहरुलाई माया गर्नेहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

उक्त सम्मान कार्यक्रम स्थाका व्यवस्थापक सरद पाण्डेको स्वागत मन्तव्य संगै अघि बढेको थियो । सांगीतिक कार्यक्रमको सिलसिलामा कतार प्रवेश गर्ने हरेक कलाकारहरुलाई समान रुपले सम्मान गर्दै आएको फिल्मसले यस पटक पनि आधा दर्जन कलाकारहरुलाई एकै साथ सम्मान गरेको हो ।

म्हेन्दोमाया गायक मनोज लोप्चन, आधुनिक तथा फिल्मी गायिका दिपा लामा, चर्चित मोडल तथा डान्सर एन्जिला वाईबा तामाङ, तामाङ चलचित्र नायक अमिर दोङ तामाङ , सेलो पप तथा आधुनिक गायक आशुसेन लामा, आधुनिक गायिका ( तारा लिम्बू सम्मानित भएका हन् ।

बसन्त फिल्मसले हाम्रोलाई भन्दा राम्रोलाई समृद्ध कलाकार भन्दा न्यून आए भएका र विशेषतः रेगिस्तानमा दबिएर रहेका प्रतिभालाइ उच्च प्राथमिकता दिने गरेको सस्थाका सदस्य तिलु शर्मा पौडेलले बताए । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले फिल्मसको खुलेर चर्चा गर्दै सम्पूर्ण कलाकारहरुलाई साँगीतिक यात्रा सफलताको शुभकामना दिएका थिए । फिल्मसकी प्रमुख सल्लाहकार तथा कार्यक्रमकी प्रमुख अतिथि माया केसीले सबै कलाकारलाई साँगितिक यात्रा सफलताको शुभकामना व्यक्त गरिन ।

कार्यक्रममा बोल्दै कलाकारहरुको तर्फबाट मन्तब्य राख्दै आधुनिक तथा सेलो पप गायक आशुसेनले आफु लगायत ५ जना कलाकारहरुले जुन सम्मान बसन्त फिल्मस् बाट ग्रहण गर्न पाइयो त्यो जिबनमा कहिँ कतै, कसैबाट पनि नपाएको र यो सम्मान आफनो लागि कोशेढुंगा बरबार रहेको बताउदै यसलाई आफु लगायत सबै कलाकारहरुले जिबन्त सम्झी रहने भन्दै बसन्त फिल्मस् प्रा.लि.लाई विशेष धन्यवाद दिए ।

त्यस्तैै कलाकारहरुले नेपाल तामाङ कलाकार संघ कतारले अविस्मरणीय अवसर जुराई दिएकोमा धन्यवाद दिए । बसन्त फिल्मस् प्रा.लि.बाट सम्मानित हुन पाउँदा आफुहरु निकै भाग्यमानी तथा खुसी भएको बताउदै सम्पूर्ण बसन्त फिल्मस् प्रा.लि. कतार टिम प्रति आभार प्रकट गरे ।

संस्थाका सचिब अबु अलिको संचालन रहेको कार्यक्रमलाई समापन गर्दै सभापति काफ्लेले गित सङ्गीतमा आबद्ध सम्पूर्ण प्रति लक्षित गर्दै एक पटक बसन्त फिल्मस् संग सहकार्यको लागि अनुरोध गर्दै उपस्थित सम्पुर्णलाई धन्यबाद सहित कार्यक्रमको समापन गरेका थिए । बसन्त फिल्मसले कलाकारहरुलाई सम्मान मात्र नभएर बिभिन्न म्युजिक भिडियोहरुलाई बजार ब्यबस्थापन तथा बिभिन्न समयमा आपत–विपदमा परेका दिन दुखिहरुलाई आर्थिक सहयोग समेत गर्दै आइरहेको छ ।

वि.सं.२०७३ माघ ५ बुधवार ०५:१५ मा प्रकाशित

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...