back
CTIZAN AD

न्यूयोर्क निवासी मुनाको सहयोगमा काठमाडौंमा स्वरोजगार तालिम

वि.सं.२०७३ माघ ५ बुधवार

810 

shares

unnamed (2)

न्यूयोर्क । न्यूयोर्क निवासी एक उद्यमी महिलाको सहयोगमा काठमाडौंस्थित कपनमा ब्युटिसियन तथा सिलाई तालिम सञ्चालन भएको छ । लामो समयदेखि न्यूयोर्कलाई कर्मथलो बनाई ब्युटिसियन व्यवसायमा संलग्न मुना राई गुरुङको ८० हजार रुपैयाँ सहयोगमा बुढानिलकण्ठ नगरपालिकाभित्रका भूकम्प प्रभावित महिलाहरुलाई स्वरोजगार बनाउने अभियानअन्तर्गत ब्युटिसियन तथा सिलाई तालिम शुरु गरिएको हो ।

न्यूयोर्क म्यानहाटनस्थित एम नेल्स एण्ड स्किन केयरकी सञ्चालक मुनाको सहयोगमा काठमाडौंस्थित पुराना कांग्रेस नेता तथा ट्रेड युनियन अभियन्ता आत्माराम पौडेलको संयोजनमा गत माघ ३ गते बुढानिलकण्ठ नगरपालिकाअन्तर्गतको कपनमा उक्त प्रशिक्षण शुरु गरिएको हो ।

दुई जना प्रशिक्षकका साथै तालिमलाई आवश्यक सम्पूर्ण सामग्रीसहित गत सोमबार स्थानीय कांग्रेस क्षेत्रीय सभापति राजु श्रेष्ठले तालिम केन्द्रको उद्घघाटन गरे । उद्घाटनपछि स्थानीय १० जना महिलाले सिलाई प्रशिक्षण शुरु गरेको प्रशिक्षण केन्द्रका संयोजक आत्माराम पौडेलले बताए । पौडेल भन्छन्– ‘हाल अधिकांश स्थानीय महिलाहरुले सिलाई प्रशिक्षण गर्ने चाहना व्यक्त गरेअनुसार सिलाई तालिम केन्द्र शुरु गरे पनि ब्युटिसियन तालिमसमेत दिलाउने हाम्रो केन्द्रको पूर्वाधार तयार नबनेसम्म हाल ५ जना महिलालाई स्थानीय चपलीमा सञ्चालित सिर्जना ब्युटिपार्लरमा ब्युटिसियन तालिमका लागि शुल्क तिरेर पठाएका छौं । केही महिनाभित्र ब्युटिसियन तालिमसमेत आफ्नै केन्द्रबाट दिलाउने व्यवस्था गर्नेछौं ।’ पौडेलले स्थानीय महिलाहरुलाई सिलाई तथा ब्युटिसियन तालिम उपलब्ध गराएर स्वरोजगार बनाउने हाम्रो योजनाअनुसार न्यूयोर्क निवासी मुना राईको यो सहयोग निकै महत्वपूर्ण भएको बताए ।

सिलाई प्रशिक्षण तालिम ६ महिनाको हुनेछ । न्यूयोर्कमा महिलाहरुको प्रोत्साहनमा विविध प्रकारको सहयोग उपलब्ध गराउँदै आएकी मुना राई गुरुङले नेपालका महिला दिदीबहिनीहरुको सीप विकासमा केही सहयोग गर्न पाएकोमा अति नै खुसी लागेको बताइन् । राई भन्छिन्– ‘सानो सहयोगले नेपालका दिदीबहिनीहरु स्वरोजगार भएर केही आर्जन गर्न सक्छन् भने त्यो मेरो लागि गर्वको कुरा हो ।’ राईले यसअगाडि पनि स्थानीय अधिकारको संयोजकत्वमा न्यूयोर्कस्थित नेपालीभाषी महिलाहरुलाई आफ्नै नेल्स सलुनमा ब्युटिसियन तालिमको व्यवस्थापन गरेकी थिइन् ।

वि.सं.२०७३ माघ ५ बुधवार ०५:२३ मा प्रकाशित

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

प्रेम परियार, नर्वे । प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) नर्वेको...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

ब्रुज (बेल्जियम)। नेपाली जनसम्पर्क समिति बेल्जियमको छैटौं अधिवेशन सम्पन्न भएको...