back
CTIZAN AD

बाइडेन अमेरिकी राष्ट्रपतिमा विजयी भएको पुष्टि

वि.सं.२०७७ पुस २३ बिहीवार

837 

shares

२३ पुष । अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक उम्मेदवार जो बाइडेन विजयी भएको पुष्टि गरिएको छ ।

अमेरिकी कंग्रेसले इलेक्टोरल कलेजको मतगणनामा अमेरिकी राष्ट्रपतिमा बाइडेन र उपराष्ट्रपतिमा कमला ह्यारिस विजयी भएको पुष्टि गरेको हो । बाइडेनले ३०६ र ट्रम्पले २३२ इलेक्टोरल भोट प्राप्त गरेको अमेरिकी कंग्रेसमा उपराष्ट्रपति माइक पेन्सले घोषणा गरेका थिए ।अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्टोरल भोट आवश्यक पर्छ ।

गत ३ नोभेम्बरमा अमेरिकामा राष्ट्रपतिय निर्वाचन भएको थियो । तर राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी नतिजा आएको ६४ दिनसम्म पनि नतिजालाई स्वीकार गरेका छैनन् । उनले आफ्ना समर्थकलाई पनि भड्काउने खालका अभिव्यक्ति दिइरहेका छन् ।

बाइडेन अमेरिकी राष्ट्रपतिमा विजयी भएको पुष्टि

ट्रम्पको यस्तै उक्साहटमा आएर बुधबार बिहान उनी समर्थित भिडले वासिङटन डिसीस्थित संसद भवनमा जर्बजस्त प्रवेश गरेका थिए । जहाँ अमेरिकी संसदको दुवै सदनमा प्राप्त इलोक्ट्रोरल भोटलाई गन्ने र वैद्यानिकता दिने कार्यक्रम थियो । प्रदर्शनकारीलाई रोक्ने क्रममा दोहोरो गोलि प्रहार हुँदा ४ जनाको ज्यान गएको छ भने दर्जन बढी सुरक्षाकर्मी तथा प्रदर्शनकारी पनि घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

केही समय रोकिएको इलोक्ट्रोरल भोट गन्ने क्रम केही रोकिएको भएपनि उपराष्ट्रपति माइक पेन्सले गणनालाई निरन्तरता दिएका थिए ।

कँग्रेसले विजय पुष्टि गरेसँग जनवरी २० मा अमेरिकाको राष्ट्रपतिमा बाइडेनले र ह्यारिसले र उपराष्ट्रपतिमा शपथ लिनेछन् ।

वाशिंगटन हिंसा : मृत्यु हुनेको संख्या चार पुग्यो, हिंसा नियन्त्रणपछि बैठक सुरु

वि.सं.२०७७ पुस २३ बिहीवार २०:१४ मा प्रकाशित

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...