मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
केही खर्च लागे पनि मनोरञ्जनको समय छ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । अतिथिका रूपमा सत्कार पाइनेछ । परिस्थिति अनुकूल रहे पनि भौतिक असुविधाले दुःख पाइनेछ । निम्तो आए पनि आतिथ्य खर्चिलो बन्न सक्छ । व्यवसायको सन्दर्भमा यात्राको अवसर पनि जुट्नेछ । तर बलजफ्तीले समस्या निम्त्याउन सक्छ ।
बृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
द्वेष तथा ईर्ष्या गर्नेहरूले दुःख दिनेछन् । केही चुनौतीपूर्ण परिस्थिति सामना गर्नुपर्ला। अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ला। लगानीमा जोखिम बढ्न सक्छ । गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला । प्रतिफल प्राप्त गर्न समय लाग्नेछ ।
मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
व्याहारिक समस्याले योजना स्थगन हुने देखिन्छ । मिहिनेतको नतिजा चित्तबुझ्दो नआउन सक्छ । कामको चाप बढ्नेछ भने स्वास्थ्यले त्यति साथ नदिने समय छ । अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला। अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ । फाइदा लिन समय प्रतीक्षा गर्नुपर्ला । अध्ययनमा समय दिन नसकिएला ।
कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
हतारमा गरिएको निर्णयले समस्या निम्त्याउन सक्छ । साइनो गाँसी नजिकिनेहरूबाट सावधान रहनुहोला । केही समस्या देखिए पनि आँटेको काम सम्पादन हुने समय छ । प्रयत्न गर्दा साथीभाइसँगको असमझदारी सम्झौतामा टुंगिनेछ । कृषि तथा पशुपालनबाट पनि सामान्य फाइदा मिल्नेछ । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम समेत बन्न सक्छ ।
सिंह- मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अवसर प्राप्त भए पनि परिस्थिति सहज नरहला । प्रतिस्पर्धीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । काम बने पनि तत्काल आम्दानीको आशा नराख्नुहोला । बलभन्दा बुद्धिको उपयोगले लाभ दिलाउनेछ । सहयोगीहरू पछि हट्नाले नयाँ योजना थाल्न समस्या पर्नेछ । व्याहारिक अलमलले पनि आँटेका काममा बाधा पुर्याउन सक्छ ।
कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन् । बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ । मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ । अध्ययनमा त्यति समय दिन नसकिएला । महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। आर्थिक पक्षमा ठूलो उपलब्धि नभए पनि ज्ञानलाई निखार्ने अवसर भने प्राप्त हुनेछ ।
तुला- र, रि, रु, रे, रो, ता, ति, तु, ते
तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन् । आकर्षक उपहारले उत्साह जगाउनेछ । भैपरी आउने समस्या समाधान हुनेछन् । पहिलेको सफलताले थप हौसला जगाउनेछ । बिछोडिएका आफन्तजन भेटिनेछन् । सुन्दर पहिरनले व्यक्तित्व निखार्ने समय छ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् ।
बृश्चिक- तो, ना, नि, नु, ने, नो, या, यि, यु
आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ । लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ । खर्चिलो कामका लागि नगद जुटाउन कर्जा लिनुपर्ने हुन सक्छ । अवसरको खोजीमा दौडधुप गर्नुपरे पनि उपलब्धि हातपार्न सकिनेछ । खर्च लागे पनि प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ। शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ ।
धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रयत्न गर्दा विभिन्न स्रोत–साधन जुट्नेछन् । आँटले काम बन्नेछ भने आम्दानीले उत्साह जगाउनेछ । श्रमको उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल प्राप्त हुनेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। सट्टापट्टा, लेनदेन आदिमा फाइदा हुनेछ । मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । व्यापारमा थन्किएका वस्तु बिक्री हुनेछन् र अड्किएको रकम उठ्नेछ ।
मकर- भो, ज, जि, खि, खु, खे, खो, गा, गि
उपलब्धि प्राप्त गर्न केही कुरा त्याग्नुपर्ला । काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ने देखिन्छ । मिहिनेतले आंशिक सफलता प्राप्त हुनेछ । आर्थिक फाइदा कमै भए पनि कामले ज्ञान दिलाउनेछ । आफ्नो कमजोरी बाहिरिनाले आलोचक बढ्न सक्छन् । स्वाभिमानमा दाग लाग्न सक्छ । लगनशीलताले मात्र लक्ष्यमा पुग्न सकिनेछ । अरूको उपकार गर्न सकिनेछ ।
कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
अवसर र चुनौती एकसाथ आउने हुँदा सावधानीसाथ काम लिनुपर्नेछ । काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ । रोकिएका काम दोहोर्याउन समय प्रतीक्षा गर्नुपर्ला । चुनौतीभित्र अवसर खोज्ने समय छ । जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ । गोप्य रहस्य पत्ता लाग्नेछ भने अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् ।
मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ । विश्राम र आहारविहारमा ध्यान पुर्याउनुहोला । प्रतीक्षित नतिजा कमजोर देखिनाले पछिका लागि काम दोहोर्याउनुपर्ला । समस्या देखाउँदा सहयोग जुट्नेछ । श्रम परे पनि मिहिनेतको उचित मूल्य प्राप्त हुनेछ । नयाँ लगानीतर्फ भने जोखिम बढ्ने समय छ। गोपनीयतामा सजग रहनुहोला ।
२०७७ पुस २४ गते, शुक्रवार,( ८ जनवरी २०२१)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४
वि.सं.२०७७ पुस २४ शुक्रवार ०७:४४ मा प्रकाशित






























