back
CTIZAN AD

कविता: कहाँ सम्भव छ ?

वि.सं.२०७७ पुस २५ शनिवार

768 

shares

जूनसँग जिस्कदाको
र किरणसँग खेल्दाको
आनन्द !
सत्ता दाउपेचको शिविर
र सुनको घरमा
सुनकै ढोका उघारेर
निस्कनेसँग
कहाँ सम्भव छ ?
झर्नाको शीतलता
र नागवेलीका घुम्तीको
मुस्कान !
आफ्नै समूहसँग
मन घोल्न नसकेर
छानो जलाउँदै
खरानी मन तापेको
मजामा
ओठ खुल्नेसँग
कहाँ सम्भव छ ?
पहरा चढ्दाको
र इन्द्रेणीसँग
लुकामारी खेल्दाको
महोत्सव
रगत पिएर आफूजस्तैको
र घाँटी रेटेर आफन्तको
भेडाझैँ\बकरेझैँ
जङ्गल अघाउँदै
घरभित्रको खोरमा
भर्खर जम्मा भएका
ताता समूहसँग
कहाँ सम्भव छ ?
सम्भव त त्यहाँ हुन्छ
जहाँ
जूनजस्ता मन
किरणजस्ता विचार
झर्नाजस्ता भावनामा
नागवेलीको धीरता
र इन्द्रेणी रङ्को
छाती फैलिएको छ !!!

वि.सं.२०७७ पुस २५ शनिवार ०८:२९ मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...