
खेती गर्न मल छैन
पिउनलाई जल छैन ।।१।।
बनाउँछन् बाटो मात्रै
फोहोर बग्ने ढल छैन ।।२।।
ठोक्छन् सबै भाषण मात्रै
विकास गर्ने बल छैन ।।३।।
कसोगरी बाँच्नु कठै
सीप बिक्ने कल छैन ।।४।।
जति कष्ट गरे पनि
परिश्रमको फल छैन ।।५।।
चाँगुनारायण नपा-२, झौखेल,भक्तपुर
वि.सं.२०७७ पुस २५ शनिवार ०८:३१ मा प्रकाशित






























