back
CTIZAN AD

एनआरएनए अमेरिकाज क्षेत्रले महिला आवाज बहस सुरु गर्ने

वि.सं.२०७७ माघ १ बिहीवार

1.4K 

shares

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अमेरिकाज क्षेत्रले महिला आवाज धाराबाहिक बहस सुरु गर्ने भएको छ ।  बहसको पहिलो भाग १७ जनवरी २०२१ आइतबार हुने भएको छ ।

कार्यक्रमको आयोजक गैरआवासीय नेपाली संघको उत्तर र दक्षिण अमेरिका क्षेत्र जसलाई अमेरिकाज क्षेत्र भन्ने गरिन्छ, रहेको छ । संघको अमेरिकाज क्षेत्रकी महिला संयोजक तथा कार्यक्रमकी संयोजक रहेकी उमा कार्की थापाले सो कुराको जानकारी दिएकी छन् ।

साथै उनले आफ्नो कार्यक्रम अत्यन्तै आकर्षक हुने, यसबाट नेपाली समुदायमा एउटा फरक रुपान्तरको सुरुवात हुने समेत बताएकी छन् ।

यस्ता खाले कार्यक्रम गैरआवासीय नेपाली संघको महिला बिभागले संघका ६ वटै क्षेत्रमा फरक–फरक रुपले संचालन गर्दै आएको छ । अमेरिकाज क्षेत्रले आयोजना गरेको कार्यक्रमको पहिलो बहस १७ जनवरी १७, २०२१ आइतबार जुम र्यालीमा हुनेछ ।

पूर्वीय समय दिनको १२ः०० बजे सुरु हुने कार्यक्रममा महिला र युवा दुबै क्षेत्रलाई फोकस गरिनेछ। कार्यक्रमलाइ संघको आधिकारिक फेसबुक पेज र अन्य संचार मध्येमहरुबाट समेत प्रत्यक्ष प्रसारण गरिनेछ ।

वि.सं.२०७७ माघ १ बिहीवार १४:४६ मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...