back
CTIZAN AD

कविता: सद्भावना

वि.सं.२०७७ माघ ३ शनिवार

819 

shares

मान्छेको मनमा अनेक थरिका हुन्छन् अरे भावना
कोहीले तनको विचार नगरी आशा उमार्छन् घना
चिप्ला छन् कति, नीति, दर्शन सबै आफैं बुझेकासरि
निन्दा गर्दछ अन्यको अनि स्वयं ठान्दोछ सर्वाेपरि ।

मौरीको रस चाख भन्छ मनले छैनन् कुनै बन्धन
हुन्नन् मौलिक स्वाद तै पनि पिऊ सन्तोष मानीकन
आऊ भोजनमा तयार छ भनूँ ? मैंले कता हो कता
गुम्ला नीति र धर्म, मान ममता सारा हुँदै बेपत्ता ।

उर्लेको छ अगाध स्नेह सरिता चस्केर छाती भरी
गङ्गा तुल्य सदैव कञ्चन बगोस् यो भावनाको झरी !
छानो दिव्य बनोस् सदा गजुर भै तिम्रो नहट्ने भई
भावी सन्तति ती समर्पित बनुन् आस्था लिई, खारिई

आत्मा सिञ्चित होस् बगेर पसिना दीक्षा र सद्ज्ञानले
मर्यादा उसकै गरिन्छ, छ भलो जो ज्ञानले, मानले
मान्छेका मनमा सधैंभरि बगोस् कल्याणको भावना
पाऊन स्नेह कनिष्ठले पनि सधैं पूरा गरून् कामना ।

आफ्नो राष्ट्र बचाउने यदि भए राम्रो प्रतिज्ञा गर
मेरो हो नभनेर देश सबको÷हाम्रो छ भन्ने गर
केको लागि गरिन्छ घोर झगडा शान्ति र सौहार्दमा ?
बाटो रोज सुरम्य राख सबमा माया र सद्भावना

वि.सं.२०७७ माघ ३ शनिवार ०८:३४ मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...