
१.
भेट हुँदा नमस्कार कि हेलो,हाई भनिदिनुस्
बोलाउँदा पनि या दाजु या भाइ भनिदिनुस्
दुई दिने जिन्दगी मा मरिलानु के छ आखिर
छुट्नु पर्दा खेरि नरिसाई बाई भनिदिनुस् ।
२.
साँचो मायाँ लाउनेको मन,मुटुमा छुँदोरहेछ
एउटालाई चोट लाग्दा अर्को धरधर रुँदोरहेछ
धेरै बुझेर गरिन्छ कि या त आवेशमा आएर हो,
मायाँमा हात चिर्ने पनि एउटा समय हुँदो रहेछ ।
३.
पठाउँदैछु लेखी फेरि पक्कै मन पग्लेला
पिरतीले लपक्कै घेरी पक्कै मन पग्लेला
आलोकाँचो ठानी विस्वास् नलाग्ने तिम्लाई
मेरो रगतको पत्र हेरी पक्कै मन पग्लेला ।
४.
प्रेममा नपर्नेहरू जहिल्यै इज्जतका कुरा गर्छन् ।
प्रेम गर्नेहरू भूत, वर्तमान, बिगतका कुरा गर्छन्
जस्तो मान्छे उस्तै खालको सोचाई भएरै होला
प्रेम बिग्रिनेहरू दिलभित्रको खतका कुरा गर्छन् ।
५.
लागेपनि जीवन कारागार बाँच्नै परेको छ
र नबने पनि कोहि उदार बाँच्नै परेको छ
श्वास चलुन्जेल त हो जे जे गरेपनि गरुन
सहेरै यहाँ हज्जारौँ प्रहार बाँच्नै परेको छ ।
वि.सं.२०७७ माघ १७ शनिवार ०६:५० मा प्रकाशित






























