
सयौंले चिनेसकेँ हजारौंले चिन्ने दिन आउँछ ।
सुखको बाटोमा मेरो पनि हिन्ने दिन आउँछ ।
अगाडि छु भनेर, फुर्ती नलगाउनुहोस् मित्र
खरायो पछि कछुवाको उछिन्ने दिन आउँछ ।
बाचुञ्जेल कति कुरा काट्नु हुन्छ अरुको
कठै ! मान्छे वहाँ राम्रो हो, भन्ने दिन आउँछ ।
यो सबै रहर, अवस्था र समयको कुरा न रहेछ
बफेलो सोल्जर सुनियो, हरे कृष्ण सुन्ने दिन आउँछ ।
जरुरी पर्दा मलसम्म किन्न सक्नुभएन नेता ज्यू
पख्नुहोस् ! खेतमै गएर मत किन्ने दिन आउँछ ।
गरिबको भकारी खालि देखेर नहेप जमिनदार
उसको’ नि आफ्नै खेतको अन्न निफन्ने दिन आउँछ ।
वि.सं.२०७७ माघ १७ शनिवार ०६:५२ मा प्रकाशित






























