back
CTIZAN AD

कविता:सहिद

वि.सं.२०७७ माघ १७ शनिवार

3.4K 

shares

मुलुक हृदय ठान्ने देशप्रेमी कहाँ छौ
सतत नमन गर्छौँ हात जोडी जहाँँ छौ ।
विपरित गति पक्री देश हिँड्दैछ भन्न
किन किन अति गाह्रो हुन्छ पीडा सहन्नँ ।।१।

रगत र पसिनाको मूल्य भुल्दो समाज
सहिद सहिद’ बन्दा दिव्य भो देश आज ।
सतत मुलुक दुख्दा ङिच्च हाँसो नजाती
नभन सहिद भन्छन् दुःख पोख्छन् म माथि ।२।

गुपचुप किन गर्छौ लास वा सास एक
खबर किन दिँदैनौ छन् बहाना अनेक ।
रनबन नव हुन्छन् पात नौला पलाए
मुलुक सपुत मर्दा बन्छ भन्छन् सहाय ।३।

सहर सहर जस्तो छैन लाग्यो कुरूप
रहर रहर जस्तो छैन लाग्यो विरूप ।
सहिद सहिद’ जस्ता लाग्न छाडे मलाई
हरपल सब रोज्छन् मात्र आफ्नैं भलाई ।।४।

दशरथ अनि गङ्गा, शुक्रझैँ धर्म भक्त
अमर सहिद छैनन् वीर योद्धा स–सक्त ।
अजर सहिद जे जे स्वप्न देख्यौ सजाऊ
नबस उपर आऊ राष्ट्र हाम्रो बचाऊ ।।५।

छन्द: मालिनी

वि.सं.२०७७ माघ १७ शनिवार ०६:५४ मा प्रकाशित

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...