
नफुल्दै झरेका सयौं कोपिला छन् ;
यहाँ रित्तिएका कयौँ खोकिला छन् ।
उता देख्छु कोही कपास झै हलुङ्गा ;
यता जिन्दगानी अझै बोझिला छन् ।
त्यता हरदम हाँसो ओठमा खुलेको ;
मेरा आँखाहरू पूरै ओसिला छन् ।
यो मुटु कलेजोमा परेको छ चाउरी ;
तिमीले सोचे झैँ कहाँ पोटिला छन् ।
तिमीले दिएका भए खुशी फिक्का ;
यता चोटहरू अझै तोडिला छन् ।
वि.सं.२०७७ माघ १७ शनिवार ०६:५६ मा प्रकाशित






























