
तिम्रो नाममा एउटा गीत म गाउँ भन्दैछु
वाचा-बन्धन कसमहरू म खाऊँ भन्दैछु
धरोधर्म माया बस्यो हजुर एकै नजरमा
चालैनदिई सुटुकै मनमा सजाउँ भन्दैछु
हरियो झण्डा देखाईदेऊ हुन्छ की हुँदैन
आजैभोली निम्तो बाँड्न लगाऊँ भन्दैछु
घर–परिवार, आफन्तको रजामन्दी भए
नौमति र पञ्चे बाजा म बजाऊँ भन्दैछु
ज्योतिषीलाई ग्रह देखाई यही मंसिरमा
आफ्नो छुट्टै संसार म बसाऊँ भन्दैछु !!
वि.सं.२०७७ माघ १७ शनिवार ०७:०१ मा प्रकाशित






























