back
CTIZAN AD

साइनोहरु

वि.सं.२०७७ माघ १७ शनिवार

639 

shares


१)
छप्ल्याङ्ग आवाजमा
जिन्दगी तप्कियो फेरि,
मुटुमा फैलियो तरङ्ग ।

२)
आँसुको मूल्यकती ?
सोध्ने काम नगर्नुहोस्,
निस्किदैन पिडाको तौल ।
३)
फूलको पत्रदल
जिन्दगीको परिभाषा
फक्रीनु फैलिनु र झर्नु ।
४)
बिश्वासमा आघात
लाजमर्दो राजनीति
पश्चाताप गर्दैछ भोट ।
५)
पृथ्वीको कुनाकुना
भोकको आगो बल्दैछ
मान्छेको द्वन्द पेटसङ्ग ।
६)
हार्दैनन् ठक्करले
अँध्यारो पिउनेहरु,
आउ मनुष्य बुद्ध बनौँ ।
७)
साहसको पसिना
स्वाभिमानको उचाई,
बैमानी रङ्गमा घुल्दैन ।
८)
जिन्दगीको आकाश
चुनौती चट्टान फोर्ने
चुपचाप छुन सकिन्न ।
९)
छुन सकिन्न लक्ष्य
त्यागी मन छैन भने,
इसाराको बृत्त खुकुलो ।
१०
अचेल रमिता छ
आँसु, पीडा अभावको,
अस्तव्यस्त देशको गति ।

 

वि.सं.२०७७ माघ १७ शनिवार ०७:०३ मा प्रकाशित

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...