back
CTIZAN AD

कविता: वास्तवमा के हो मान्छे ?

वि.सं.२०७७ माघ १७ शनिवार

789 

shares

षड्यन्त्रको शिकार बन्छन् आजकल धेरै मान्छे,
षड्यन्त्र गर्ने पनि त्यही मान्छे,
षड्यन्त्रको सिकार बन्ने पनि त्यहि मान्छे,
वस्तावमा हुन चै के हो मान्छे ?

आतंकदेखि त्राहि त्राहि बन्छन् सँधै मान्छे,
आतंककारी पनि त्यहि मान्छे,
आतंकसंँग डराउने पनि त्यहि मान्छे,
वास्तवमा हुन चै के हो मान्छे ?

राजा भई राज गर्छ कोही कोही मान्छे,
राजा बन्ने पनि त्यही मान्छे,
प्रजा बन्ने पनि त्यही मान्छे,
वास्तवमा भिन्न भिन्न किन बनेको होला मान्छे ?

सुन्दरताको घमण्ड गर्छन् आजकल धेरै मान्छे,
सुन्दर पनि त्यहि मान्छे
कुरुप पनि त्यही मान्छे,
वास्तवमा किन फरक हुन्छ हँ मान्छे ?

जिन्दगीको दौडमा दौडिरहन्छन् सँधै मान्छे,
जित्ने पनि त्यहि बलिया मान्छे,
हार्ने पनि त्यही दुब्लो मान्छे,
वास्तवमा किन दौड्न्छ हँ मान्छे ?

लोभ र लालचको पछि सँधै कुद्ने गर्छन् मान्छे,
संसारमा आउँदा पनि शून्य,
संसारबाट फर्कदाँ पनि शून्य,
शुन्यको निम्ति पनि किन लालच गर्छन् हँ मान्छे ?

वि.सं.२०७७ माघ १७ शनिवार ०७:०५ मा प्रकाशित

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...