
शून्यदृष्टी छ, मनमहाँ खोजेर लेख् मसि
बिखालु वाण धनुषमा जोडेर लेख् मसि
अजोडा नारी हुन् सबै स्वर्गको परीजस्ता
दिल्लगी रुप मोहनीमा जलेर लेख् मसि
दिनकर तल ओर्लियो तिर्थ कुण्ड तालमा
शुभ–विजयका लहरले पोखेर लेख् मसि
सेरोफेरो त कम्मरमा नाँच्छ दे दे दक्षिणा दे
नअल्झा नृत्यको गुणलता नाँचेर लेख् मसि
नेपालको थुनचोली लुछे, खाए नाङ्गो पारे
खोलि देन भूत–भविष्यत् हाँसेर लेख् मसि ।
वि.सं.२०७७ माघ १७ शनिवार ०७:०७ मा प्रकाशित






























