back
CTIZAN AD

पम्फा भुसालद्वारा राधिका बुढाथापाको पुस्तक विमोचन

वि.सं.२०७७ माघ १७ शनिवार

663 

shares

१७ माघ, काठमाडौँ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ पम्फा भुसालले ,महिला चासो र चिन्तन, नामक पुस्तक विमोचन गरेकी छन् ।

डा राधिका बुढाथापा (खत्री) द्वारा लिखित उक्त पुस्तकको विमोचन नेकपा नेतृ पम्फा भुसाल र प्राध्यापक डा. प्रेमकुमार खत्रीबाट गरिएको हो ।

सो पुस्तक विमोचन कार्यक्रममा बोल्दै नेकपा नेत्रृ भुसालले महिला चासो र चिन्तन पुस्तक गुणस्तरीय भएको बताइन् । छोरा र छोरीबीचको विभेदका कारण आफूलाई राजनीतिमा लाग्ने प्रेरणा मिलेको बताउँदै नेतृ भुसालले आगामी दिनमा दर्शन, राजनीति लगायतका विषयमा पनि पुस्तकहरु लेख्न लेखिकालाई अनुरोध गरिन ।

अहिलेको संविधान उत्कृष्ट भएर पनि कार्यान्वयनको पाटो चुनौतीपूर्ण रहेको बताउँदै उनले नेपाली महिलाहरुको राजनीतिमा सहभागिता अझै कमजोर रहेको बताइन् । अहिले देशमा देखिएको अस्थिर राजनीतिले जनसंघर्षबाट हामीले पाएको अधिकार पनि गुम्ने डर बढेको भन्दै उनले यसलाई जोगाउन सबै चनाखो हुन पर्नेमा जोड दिइन् । स्थानीय तहमा महिलाहरु अहिले उपाध्यक्ष मात्र भएपनि ५ वर्षपछि अध्यक्षमा लड्न सक्ने क्षमता हुने बताईन ।

विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृतविद् मनोहर लामिछानेले पुस्तकमा समाजमा हुने गरेका महिलामाथिको विभेद र बोक्सी जस्ता विषयहरु पनि समेटिएको जानकारी गराउँदै पुस्तक समय सान्दर्भिक भएको बताए । उनले महिलालाई आरक्षणको व्यवस्थामा रमाउनु भन्दा सक्षम हुन सिकाउनु पर्नेमा जोड दिए ।

साहित्यकार मधुसूदन गिरीले विभिन्न दृष्टिकोणमा नारीवादको व्याख्या गर्दै पुस्तक उदार नारीवाद भएको बताए । नारीवादः उदार नारीवाद, माक्र्सवादी नारीवाद, सामाजिक नारीवादको आलोचनात्मक तवरबाट वर्णन गर्दै यो पुस्तक उदार नारीवाद भएको बताएका हुन् ।

संस्कृतिविद प्राध्यापक डा. प्रेमकुमार खत्रीले प्राय व्यक्तिहरु पीएचडी गरेपछि लेखनलाई चटक्कै छाड्ने गरेको बताउँदै डा राधिकाले लेखनलाई निरन्तरता दिएकोमा खुशी व्यक्त गरे ।

लेखिका डा राधिका बुढाथोकीले आफ्नो पहिलो प्रयास भएकोले केही कमिकमजोरी भए त्यसलाई सच्याउने बताइन् ।

वि.सं.२०७७ माघ १७ शनिवार २०:३८ मा प्रकाशित

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...

सुसेली : आदिकविमा समर्पित

सुसेली : आदिकविमा समर्पित

रामप्रसाद अधिकारी अजिरकोट ३ , गोरखा १ भानुका कुरा गर्नुपर्छ...

गजल

गजल

रमा खतिवडा,पोखरा खोज्छ हाँस्दै रम्न सकभर जिन्दगी बन्छ हरपल दु:खको...

कविता : हे भानु आऊ अब

कविता : हे भानु आऊ अब

विदुर अधिकारी,रामपुर, चितवन जन्म्यौ भानु असार मास दिनको, उन्तीस जाँदा...