देशको कुन कुनामा लुकेको बालुवाटार छ आज,
हृदय बिदारक घटना देश भित्र लगातार छ आज ।
हाम्रै देशमा महिला राष्ट्रपति दमनहुन्छ नारीमाथी,
बलत्कार र हत्याले समाज नै सरमसार छ आज ।
बिस्वाश थियो कम्युनिष्टनैछ एकमात्र न्यायप्रेमी,
भन्छन् हाम्रै देशभित्र कम्युनिष्ट सरकार छ आज ।
आमा अब छोरीलाई ज्योती होईन ज्वाला बनाउँ,
मानव रहित राक्षस को जस्तो ब्यबहार छ आज ।
हेरन देशमै छोरीहरुको बिचल्ली रुवाबाश भयो,
न्याय प्रेमी जेलभित्र शुरक्षित त गुनेगार छ आज ।
जनताले हक हित र शुरक्षाकै लागि चुनेर पठाए,
कसरी बाँच्ने गुण्डागर्दी समाजमै अपार छ आज ।
वि.सं.२०७७ फागुन १ शनिवार ०७:२७ मा प्रकाशित






























