back
CTIZAN AD

लघुकथा: परिस्थिति

वि.सं.२०७७ फागुन १ शनिवार

717 

shares

रमेश एक निर्दोष व्यक्ति हुन्छ । उसको दाजु राजु चाही अरुलाई ठग्ने गर्दछ । अर्काको घरमा गएर पैसा मलाई चाहियो भनेर सापटी माग्दै हिँड्ने गर्दछ । तर त्यो सापटी लिएको पैसा अरुलाई फर्काउने भने गर्दैनथ्यो ।

एकदिन रमेश एउटा आफन्तको घरमा पुग्दछ । रमेश जुन दिन आफन्तको घरमा पुगेको हुन्छ त्यही दिन त्यस घरमा चोर आएर सामानहरु चोरेर लगेको हुन्छ ।

आफन्त प्रहरी कार्यालयमा सामान चोरी भएको भन्ने बारेमा रिपोर्ट दिन जान्छ र प्रहरीले त्यो दिन तपाईको घरमा को को आएका थिए भनेर सोध्दछन् । आफन्तले त्यो दिन एकजना रमेश हामीलाई भेट्न आएको थियो भन्छन् । साथै रमेशले अरुहरुको पैसा सापट लिएर नतिर्ने गरेको उसको आचरण पनि प्रहरीलाई बताउँछन् ।
त्यसो भए सामान चोरेर लैजाने रमेश नै हुनु पर्दछ भनेर प्रहरीले उसलाई शंका गरी पक्रन्छ । यसपल्ट आफ्नो बानीले गर्दा अनाहकमा ऊ फस्छ ।

 

वि.सं.२०७७ फागुन १ शनिवार ०७:३२ मा प्रकाशित

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...

सुसेली : आदिकविमा समर्पित

सुसेली : आदिकविमा समर्पित

रामप्रसाद अधिकारी अजिरकोट ३ , गोरखा १ भानुका कुरा गर्नुपर्छ...

गजल

गजल

रमा खतिवडा,पोखरा खोज्छ हाँस्दै रम्न सकभर जिन्दगी बन्छ हरपल दु:खको...

कविता : हे भानु आऊ अब

कविता : हे भानु आऊ अब

विदुर अधिकारी,रामपुर, चितवन जन्म्यौ भानु असार मास दिनको, उन्तीस जाँदा...