back
CTIZAN AD

मंगोलियामा धुलोसहितको आँधीबेरी र हिम आँधीमा परी ६ जनाको मृत्यु

वि.सं.२०७७ चैत २ सोमवार

744 

shares

२ चैत, उलान बाटोर । मंगोलियामा भीषण रुपमा आएको धुलोसहितको आँधीबेरी र हिमआँधीमा परी गत एक हप्ताभित्र कम्तीमा छ व्यक्तिको मृत्यु भएको देशको राष्ट्रिय आपतकालीन व्यवस्थापन निकाय नेमाले सोमबार जानकारी दिएको छ ।

उक्त आँधीहरुमा हराएका ५४८ जनामध्ये ४६७जना जीवित भेटिएका नेमाले जनाएको छ । दुर्भाग्यवश, दक्षिणी प्रान्त दुंडगोभीमा पाँच व्यक्तिको मृत्यु भएको र आँधीबेरीका कारण मध्यपश्चिमी प्रान्त अर्खनाईमा एक पाँच वर्षको बालकको मृत्यु भएको बताइएको छ ।

हराइरहेको व्यक्तिको खोजी भइरहेको पनि नेमाले जनाइएको छ । आँधीबेहरीमा कैयौ प्रान्तहरु र विशेषगरी डण्डगोभी प्रान्तमा विद्युतीय लाइनहरु काटिएको जनाइएको छ । मंगोलियामा धुलोसहितको आँधीबेरी र हिमआँधी प्रायः आउने गरेको पाइन्छ ।
सिन्ह्वा

वि.सं.२०७७ चैत २ सोमवार १५:५२ मा प्रकाशित

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...