५ चैत, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले बन्दोबस्ति कार्य सिपाही (खुला तथा समावेशी) (व.का.सि) पदका महिला उम्मेदवारहरुको विस्तृत स्वास्थ्य परीक्षण सम्बन्धी सूचना जारी गरेको छ ।
चैत २६ गते संचालन गरिएको शारीरिक परीक्षा (२ माइल दौड) मा उर्तीण भएका सम्पूर्ण महिला उम्मेदवार (दर्ता नं २० देखि ७८४५ सम्म जम्मा ४१ जना) विस्तृत स्वास्थ्य परीक्षण २०७७\१२\०७ गते ८ बजे वीरेन्द्र अस्पताल छाउनीमा गरिने सूचना जारी गरिएको हो ।

वि.सं.२०७७ चैत ५ बिहीवार १५:०० मा प्रकाशित






























