back
CTIZAN AD

मुक्तक

वि.सं.२०७७ चैत ७ शनिवार

945 

shares

कस्ले बुझ्छ पीर मर्का झुट बाजी चल्दै छ रे !
लुट फुट गुण्डा गर्दी जमातमा फल्दै छ रे !!
आशा अनि भरोसामा दिन रात कुर्दा कुर्दै ।
अनर्थमा इतिहास अनायासै ढल्दै छ रे !!
७१७
तर्साउँदै भड्काउँदै छलछाम मल्दै छ रे !
गरीवका झुपडिमा नून चूक दल्दै छ रे !
आफ्नै दुनो सोझ्याउने मस्त देख्छु शहरमा ।
कुन् देशको भूत चढ्यो ईज्जत् पनि गल्दै छ रे !!
७२७
सिमा साँध नासिदैछन् अड्कल् बाजि टल्दै छ रे !
दक्षिण को महा काल भुल्याउँदै छल्दै छ रे !!
सुस्ता रुन्छ्न् विपदमा कैयौँ बास उडि सके ।
आगो बिना मेरो देश वेहालमा जल्दै छ रे !!
७३७
सुनी दिने कोहि छैन खोला नाला बेची सके !
संविधान उल्लू भयो शब्द शब्द मिची सके !!
धर्ती रोयो आकाश् रोयो कुन् शव्दले सम्झाउने ।
शहीद को रगत् पनि नामर्दले घिची सके !!
७४७
मेरो देश खोक्रो भयो कैयौँ चोटि लुटी सके ।
एक् अर्काको खुट्टा काट्न सदा सदा जुटी सके ।।
आशा पनि मरि सक्यो बचाउने कोही छैन ।
हिरा मोति बन्नेहरू टुक्रा टुक्रा फुटी सके ।।
७५७

 

 

 

वि.सं.२०७७ चैत ७ शनिवार ०६:०३ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...