आयो मैना, हावा है चल्ने
प्वाँलोले नै, यी आँखा पोल्ने
सुर्जेले धर्ती, थाल्ने तात्नै ।
गाह्रो अग्नी, आँधीेले बाँच्नै ।
ज्वालाग्नीले, बाँच्ने हो क्यारी
सुर्जेले हो, फ्याक्ने नै ब्यारी
कालो नीलो, चैते आँधी त्यो
सोत्त्रान्नै पो, पारी चल्नी हो ।
हाम्रा आँखा, हुन्छन् यी बन्दै
एक्कासी नै, हावा पो चल्दै
पार्नी त्यस्ले, कालो मैलो है
गर्जी मिल्की, काड्ने सातो है ।
बाँकी राख्ला, खै त्यस्ले पो है
झुप्रा झुप्री, उड्दा बन्ला है
हाँगा हाँगी, भाँच्दा ढल्दा ती
खल्ली बल्ली, पार्नी मार्नी ती ।
चौपाया ती, पंक्षी मर्लान् है
आँधी पानी, मोती दाना है
साना डल्ला, खस्दा सेता है
ट्वाङ्ङै हान्दा, खप्पर् फुट्ला है
छन्द-रुपामाली
वि.सं.२०७७ चैत ७ शनिवार ०६:०५ मा प्रकाशित






























