नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को युएई च्याप्टर गठन गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघ युएईका प्रथम उपाध्यक्ष पासाङ शेर्पाको संयोजकत्वमा सात सदस्यीय तदर्थ समिति गठन गरिएको हो । समितिको उपसंयोजकमा तिलक साम्पाङ राई, सचिवमा धनेन्द्र मास्की राना, कोषाध्यक्षमा सोनिया इङ्नाम रहेका छन् भने सदस्यमा नुरु शेर्पा, हर्कमणी राई र इन्द्र गुरुङ रहेका छन् ।
तदर्थ समितिले सचिव धनेन्द्र मास्की रानाको संयोजकत्वमा ३ सदस्यीय विधान मस्यौदा समिति पनि गठन गरेको छ । सो समितिमा पि एस निङलेकु र सुरेन्द्र थिङ रहेका छन् । समितिले बनाएको बिधान पारित भएको दुई महिनापछि तदर्थ समितिले सदस्यता बिस्तार गर्ने र पहिलो अधिवेशन गराउने बताइएको छ ।
अध्यक्ष शेर्पा भन्छन् “अहिले कार्यविधि बनाउने क्रममा छौ, १० फेब्रुअरी सम्म बिधान मस्यौदा समितिले कार्यविधि बनाएर तदर्थ समितिमा पेश गर्दैछ, त्यस कार्यविधी माथी छलफल गरेर पारित भए पछि, दुई महिना सम्म तदर्थ समितिले नै सदस्यता विस्तार गर्दै पुर्ण कार्यसमितिको लागि पहिलो अधिवेशन बोलाउने छ ।”