
९ चैत्र, काठमाडौ । कामना सेवा विकास बैंक ले केएस ईन्स्टा नामक एक नविनतम अनलाईन बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकको वेवसाईट मार्फतग्राहकहरुले केहि मिनेटमै यो खाता खोल्नुका साथै वार्षिक रुपमा १ लाखसम्मको कारोबार गर्न सक्नेछन् ।
उच्चतम ब्याजदर सहितकोे यो विशेष बचत खातामा पहिलो वर्ष निशुल्क मोबाईल र ईन्टरनेट बैकिङको सुविधा पनि छ । बैंकको केन्द्रीय कार्यालयमा भएको फेसबुक लाईभ कार्यक्रमका बीच बैंकका अध्यक्ष सुदिप आचार्यले यो खाताको शुभारम्भ गरे ।
उक्त कार्यक्रममा बैंकका सञ्चालक विश्वेशवर सुवेदीको पनि विशेष उपस्थिती थियो ।