
२१ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको २ हजार ७२७ नमुना परीक्षणमा १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज थपिएका १२८ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७७ हजार ७६८ पुगेको छ ।
त्यसैगरी आज देशैभरी १६१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १६१ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूलसंख्या २ लाख ७३ हजार १२३ पुगेको छ । निको हुनेको यो दर ९८.३ प्रतिशत हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट १ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका १ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३२ रहेको छ ।
त्यस्तै देशैभरी सक्रिय संक्रमितको संख्या १६१३ रहेको छ भने क्वारेन्टिनमा रहनेको संख्या ५९ रहेको छ ।
त्यसैगरी हालसम्म पिसीआर प्रविधिबाट २२ लाख ८१ हजार ८३२ कोरोनाका नमुना परीक्षण गरिएको छ ।
फेरि बढ्न थाल्यो कोरोना संक्रमण, ३५६५ नमुना परीक्षण गर्दा १७९ संक्रमित