back
CTIZAN AD

समुदायलाई आत्मनिर्भर बनाउन ग्रामिण बस्तीमा स्याउ र कागती खेती

वि.सं.२०७७ चैत २१ शनिवार

1.2K 

shares

हिमाली जिल्ला मुगुको ग्रामिण बस्तीमा बसोबास गर्ने गरि दलित बिपन्न परिवारलाई आत्मनिर्भरतिर उन्मुख गराउन खेर गएको जमिनमा स्याउ तथा कागती खेती गरिएको छ ।

बिश्व अनुकुलन कोषको आर्थिक सहयोग बन तथा बातावरण मन्त्रालयको सहकार्यमा बिश्व खाद्य कार्यक्रमले स्थानीय संस्था आरआरडिसी अन्र्तगत क्याप्स कर्णाली परियोजनामार्फत् मुगु जिल्लाको चारवटा स्थानीयतह मध्ये सोरु र खत्याड गाउँपालिकाको बस्तीस्तरमा स्याउ तथा कागती खेती प्रारम्भ गरिएको छ ।

गत चालु आर्थिक बर्षदेखि समुदायको आबश्यकता र माटो सुहाउदो लक्षित गाउँ बस्तीमा स्याउ र कागतीका बिरुवा रोपेर खेर गएको जमिनलाई हराभर बनाइएको छ । गत आर्थिक बर्षमा सोरु गाउँपालिका अन्र्तगतका लै, सिड्डी, मुसिनमेला, रावलालेख, जडेपानी, धुपीतोली घुइर, जवलधारा बर्मा र गहताडी गाउँको लेक बस्तीको जमिनमा ४३ हजार ५ सय स्याउको बिरुवा लगाइएको छ ।

भीईमा १५ सय ८० नार्थपुमा २१ सय र रावलबाडा दलित बस्तीमा ३ हजार ३ सय कागतीका बिरुवा रोपेर स्थानीयलाई आत्मनिर्भरतर्फ उन्मुख गरिएको छ । समुदायस्तरमा लगाइएका स्याउका बिरुवा ८० प्रतिशत कागती ६० प्रतिशत सफल भएको आरआरडिसी संस्थाले जनाएको छ ।

समुदायलाई आत्मनिर्भर बनाउन यो चालु आर्थिक बर्षमा खत्याड गाउँपालिकाको खमाले, कोटीला, लमेरा, सइना, गाडेखोला, डाँडुपाटा, हिगोटी, तर्मा र सोरु गाउँपालिकाको नेर गाउँमा ४ हजार ३५ वटा स्याउका बिरुवा रोप्ने काम गरिएको छ ।

May be an image of grass and tree

संस्थाले लागु गरेको कार्यक्रमप्रति आकर्षित हुँदा स्याउ र कागतीका बिरुवा रोप्न काममा समुदाय अग्रसर र उत्साहित देखिएका छन् । खत्याड गाउँपालिकाको गम्था र सोरु गाउँपालिकाको नार्थपु, जवलधारासम्म मोटर बाटो पुगिसकेको हुँदा स्याउ र कागती उत्पादन गरेर बेच्नमा समुदाय प्रतिक्षामा छन् ।

सदरमुकाम गमगढीदेखि गाउँसम्म सडक संञ्जाल जोडिन थालेपछि स्याउ तथा कागती उत्पादन गरेर बिक्रीबितरण गरि समुदायलाई आत्मनिर्भर बनाउने उद्धेश्यले खेर गएको जमिनमा स्याउ र कागती लगाइएको आरआरडिसी संस्था काकार्यक्रम निर्देशक जर्मन नेपालीले बताए । स्याउ र कागती फलेर बिक्री हुन थालेपछि गरिब तथा बिपन्न परिवारको जीवनस्तरमा परिर्वतन आउने उनको भनाई छ ।

स्याउ र कागती फल्न सुरु गरेपनि समुदाय खुशी हुने उनको भनाई छ । रोपेको ३ बर्षभित्रै स्याउ र कागती फल्न सुरु गर्ने संस्थाले जनाएको छ । खरिद तथा ढुवानी गरेर प्रतिबोट स्याउको २ सय र कागतीको पनि २ सय रुपैयाँ पर्न गएको निर्देशकले जानकारी दिए । अर्कोतर्फ क्याप्स कर्णाली परियोजनाले जलबायू परिर्वतन मध्ये नजर गरि समुदायस्तरमा भूक्षय तथा पहिरो रोकथामको लागि बकाइलो, इपिलिसी लगायत जातका बिरुवा लगाउने काम गरिएको छ ।

सोरु गाउँपालिकाको दलित बस्ती रावलबाडा, नचारा, भीई, खत्याडको सेरी, केराई कोटडाँडा लगायत भूक्षयबस्तीमा घाँसे बिरुवा रोपेर सुक्खा भूमिलाई हरियाली बनाइएको छ । एकातर्फ पहिरो रोकथाम र अर्कोतर्फ समुदायलाई चौपाय बस्तुको निम्ति घाँस उपलब्ध गराउन सहजको निम्ति घाँसका बिरुवा रोप्ने काम गरिएको संस्थाका निर्देशक नेपालले बताए ।

स्याउ र कागतीका बिरुवा लगाइएका बस्तीमा समुदाय र संस्थाले घेरबार गरि बिरुवा जर्गेना गर्ने गरिएको छ । केही बस्तीमा बिरुवा जर्गेना गर्न केही समस्या आइलागेको आरआरडिसीले जनाएको छ ।

छाडा चौपाय बस्तुका कारण स्याउ, कागती र घाँसका बिरुवा जोगाउन समुदायलाई मुश्किल देखिएको छ । स्थानीयतहले छाडा चौपायबस्तु नियन्त्रणमा ध्यान नदिदा फलफूलका बिरुवा देखि डाले घाँसको संरक्षण गर्न समुदायलाई गाह्रो परेको छ । अर्कोतिर डडेलोको कारण बिरुवा जोगाउन उत्तिकै मुश्किल छ ।

वि.सं.२०७७ चैत २१ शनिवार १८:११ मा प्रकाशित

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यतिबेला देशप्रति इमानदार चिन्तन,...

रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियिरिङ हाउस...

दोस्रो दिनको ‘स्वीप अप्रेसन’मा एकसट्ठी जना पक्राउ

दोस्रो दिनको ‘स्वीप अप्रेसन’मा एकसट्ठी जना पक्राउ

गण्डकी । कास्की प्रहरीले बिहीबार सञ्चालन गरेको दोस्रो दिनको स्वीप...

किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी

किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी

किस्पाङ । प्राकृतिकरुपमा सुन्दर नुवाकोटको किस्पाङ गाउँपालिका शैक्षिक गन्तव्यस्थलका रुपमा...

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी । लुम्बिनी प्रदेशका तराईका जिल्लामा चैते धानखेतीमा किसानको आकर्षण...