२१ चैत, जर्मनी । भूमि ब्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्री डा. शिवमाया तुम्वाहाम्फेले संविधान, ऐन, नियम तथा कानुनहरुमा समाविष्ट महिला हकअधिकार तथा लैंगिक समानताका विषयहरुलाई पूर्णरुपमा कार्यान्वयन गर्न सरकार प्रतिवद्धताका साथ लागिपरेको बताएकी छन् ।
१११ औं महिला दिवसको अवसर पारेर गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति जर्मनीको महिला फोरमले मार्च २८ अर्थात यहि चैत्र १५ गते आयोजना गरेको ‘महिला सशक्तिकरणका लागि सुरक्षा, स्वावलम्वन र नेतृत्व विकास’ विषयक अनलाईन गोष्ठीलाई सम्वोधन गर्दै मन्त्री डा. तुम्वाहाम्फेले सो कुरा बताएकी हुन् ।
मन्त्री डा. तुम्वाहाम्फेले महिलाहरू आफैं पनि आफ्नो हक अधिकार सुरक्षा तथा नेतृत्व विकासमा अग्रसर हुनुपर्ने र यसका लागि पुरुषहरुको साथ र सहयोगको अपरिहार्यतालाई पनि मनन गर्नुपर्नेमा जोड दिएकी थिइन् ।
कार्यक्रममा संघिय संसदको राज्य ब्यवस्था समितिका सभापति शशी श्रेष्ठले हरेक राजनीतिक कालखण्डमा महिलाहरुको भूमिका निर्णायक रहेको स्मरण गर्दै नेतृत्व तहमा रहेका महिलाहरुले लैंगिक असमानता विरुद्धका आवाजहरु थप वुलन्द गर्नुपर्नेमा जोड दिइन् ।
यसैगरी सांसद डा. डिला पन्त संग्रौलाले समाज परिवर्तनका लागि राजनीतिमा होमिएमा महिलाहरु पार्टिगत घेरावाट वाहिर आएर सहकार्य गर्नुपर्ने र ग्रामीण स्तरवाट नै महिला अधिकार सम्वन्धी जागरण अभियान संचालन गर्नुपर्ने आवस्यकता औंल्याएकी थिइन् ।
कार्यक्रममा संविधानसभा सदस्य तारादेवी राईले स्वावलम्वी वन्न विविध कठिनाईहरु जुझ्दै कडा मिहेनत र निरन्तर प्रयास गरीरहनुपर्नेमा जोड दिंदै महिलाहरु आत्मनिर्भर वन्नसके समाजले पछि पार्न नसक्ने र यसका लागि परिवारले पु्र्ण साथ दिनुपर्ने वताए । संविधान सभाका अर्का सदस्य मदन कुमारी शाह (गरिमा) ले नेपालको तराई तथा पहाडी ग्रामीण ईलाकाहरुमा अझैपनि विविध प्रकारका अमानविय, निन्दनिय तथा निकृष्ट प्रथाहरु कायमै रहेकोले त्यसलाई हटाउनका लागि गर्नको लागि चेतना र स्वावलम्वनको अभियान चलाउनुपर्ने वताइन् ।
सोहि अवसरमा काठमाडौ महनगरपालिकाका उपमेयर हरिप्रभा खड्गीले स्थानिय सरकारको नेतृत्व महिलाहरुले गर्दा आईपरेका अफ्ट्याराहरु तथा पुरुष जनप्रतिनिधीहरुले हेर्ने दृष्टिकोणका वारेमा प्रकास पारेकी थिइन् भने प्रहरी उपरिक्षक गंगा पन्तले नेपालमा महिला सुरक्षाको अवस्थाका वारेमा आफनो धारणा राखेकी थिइन् ।
कार्यक्रममा महिला उद्यमी तथा दक्षिण एसियाकै पहिलो महिला टेम्पो चालक लक्ष्मी शर्माले टेम्पो चालकदेखि सफल महिला उद्यमी वन्दासम्मका उतार चढवका अनुभवहरु प्रस्तुत गरेकी थिइन् ।
विशेष गरेर यूरोपमा रहेका महिलाहरुलाई लक्षित गरी आयोजना गरिएको यो कार्यक्रममा, जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्का, गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष कुमार पन्त, पुर्व अध्यक्ष जिवा लामिछाने, गैरआवासीय नेपाली संघ जर्मनीका संस्थापक अध्यक्ष दिल गुरुङ, गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका महिला संयोजक भोमा सावाँ लिम्बु महावाणिज्यदूत राम प्रताप थापा, गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका पूर्व महिला संयोजक उषा शर्मा, गैरआवासीय नेपाली संघ, जर्मनीका अध्यक्ष हरि न्यौपाने, निवर्तमान अध्यक्ष विजय मोक्तान लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
साथै गैरआवासीय नेपाली संघ स्विजरल्याण्डकी महिला उपाध्यक्ष शुभ एल्मर लामा, पत्रकार तथा महिला अधिकारकर्मी अनुराधा पौडेल, नेपाली नारी समाज पोर्चुगलकी अध्यक्ष सीता वराल, गैरआवासीय गैरआवासीय नेपाली संघ जर्मनी एल.सी.सी. राईन लाण्ड फल्सका संयोजक शुदर्शन तिवारी, गैरआवासीय नेपाली संघ जर्मनी एल.सी.सी. वार्यन म्यूनिखका महिला संयोजकमा गुरुङ, नेपाली अभिभावक डोर वहादुर गुरुङ लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
नेपाली संघ जर्मनी एल.सी.सी. ब्रेमेनका संयोजक दिपक धितालले प्राविधिक संयोजन गरेको कार्यक्रमको प्रत्यक्ष प्रशारण नेपाल प्लसले गरेको थियो भने गैरआवासीय नेपाली संघ जर्मनी एल.सी.सी. वार्यन म्यूनिखका संयोजक खड्ग न्यौपानेले राष्ट्र भक्तिपूर्ण साँगितिक प्रस्तुति दिएका थिए ।
कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका महासचिव डा. हेमराज शर्मा, गैरआवासीय नेपाली संघ जर्मनीका उपाध्यक्ष शिवकला गुरुङ, उपाध्यक्ष शंकर डाँगी, महिला उपाध्यक्ष भिमानानी श्रेष्ठ, गैरआवासीय नेपाली संघ, जर्मनीका महासचिव लोकमणी ढकाल, सचिव राजेश सुनार, सहकोषाध्यक्ष सोनी तुलाचन, गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद यू.के. का सदस्य सुसिला राई, नेपाली समाज फ्रंकफर्ट जर्मनीका अध्यक्ष शिव अधिकारी, गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका पूर्वसदस्य नारायण अधिकारी लगायत वर्तमान तथा पूर्वपदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, विज्ञ, पत्रकार तथा महिलाका विषयमा चासो राख्ने ब्यक्तित्वहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति जर्मनीका उपाध्यक्ष राधा सिग्देल र सचिव मेनुका त्रिपाठीले संयूक्त रुपमा संचालन गरेको उक्त कार्यक्रमामा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति जर्मनीका अर्का उपाध्यक्ष निनम्मा राईको स्वागत भाषण रहेको थियो भने कार्यक्रमको सभापतित्व गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति जर्मनीका महिला संयोजक करुणा राई तुलाधरले गरेकी थिइन् ।
वि.सं.२०७७ चैत २१ शनिवार १८:२९ मा प्रकाशित


























