back
CTIZAN AD

गण्डकी प्रदेशका दुई मन्त्रीले बुझाए मुख्यमन्त्री गुरुङलाई राजिनामा पत्र

वि.सं.२०७७ चैत २५ बुधवार

789 

shares

२५ चैत, काठमाडौं । गण्डकी प्रदेश सरकारमा माओवादी केन्द्रका तर्फबाट मन्त्री भएका दुई जना मन्त्रीले राजिनामा दिएका छन् ।

बुधबार बसेको संसदीय दलको बैठकले आफ्ना दुवै मन्त्रीलाई राजिनामा दिन लगाउने निर्णय गरेसँगै आन्तरिक मामिला तथा कानुनमन्त्री हरि बहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापाले राजिनामा दिएका हुन् ।

राजिनामा पत्र बुझाउँदै मन्त्री चुमानले दुवै पार्टीमा फेरि सहकार्य गरेर अगाडि बढ्ने बाटो खुलोस् भनेका थिए ।

गण्डकी प्रदेशसभामा सबैभन्दा बढी एमालेका २७, माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका १५, जनमोर्चाका ३ र जनता समाजवादी पार्टीका २ सांसद रहेका छन् ।

सर्वोच्च अदालतले फागुन २३ गते नेकपा बदर गर्दै नेकपा एमाले र माओवादी केन्द्र व्युँत्याइदिएपछि प्रदेश तथा केन्द्रमा सरकारलाई सार्थन दिने र फिर्ता लिने क्रम चलिरहेको छ । नेकपा माओवादी केन्द्रले संघीय संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिने बताएको छ ।

त्यसैगरी कर्णाली प्रदेशमा माओवादी केन्द्रका तर्फबाट मुख्यमन्त्री बनेका महेन्द्र बहादुर शाहीको सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लिएको छ भने, प्रदेश १ मा मुख्यमन्त्रीविरुद्ध दर्ता गरिएको अविस्वास प्रस्ताव फिर्ता लिइएको छ ।

 

वि.सं.२०७७ चैत २५ बुधवार १४:२० मा प्रकाशित

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र दुई...

आजदेखि बढ्यो सरकारी कर्मचारीको तलब, २१ प्रतिशत वृद्धि कार्यान्वयनमा

आजदेखि बढ्यो सरकारी कर्मचारीको तलब, २१ प्रतिशत वृद्धि कार्यान्वयनमा

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ आजदेखि औपचारिक रूपमा सुरु...

पेन्सन पाएका कर्मचारीलाई अब करारमा राख्न नपाइने, सरकारको नयाँ निर्णय लागू

पेन्सन पाएका कर्मचारीलाई अब करारमा राख्न नपाइने, सरकारको नयाँ निर्णय लागू

काठमाडौं । सरकारले सरकारी सेवाबाट अवकाश लिएर निवृत्तिभरण (पेन्सन) वा...

आज देखि बढ्दैछन् यी क्षेत्रहरुमा कर, कुन क्षेत्रमा कति बढ्दैछ हेर्नुस्

आज देखि बढ्दैछन् यी क्षेत्रहरुमा कर, कुन क्षेत्रमा कति बढ्दैछ हेर्नुस्

काठमाडौं । सरकारले आजदेखि लागू हुने गरी विभिन्न वस्तु तथा...

मिटरब्याज पीडित र सरकारबिच वार्ता हुँदै

मिटरब्याज पीडित र सरकारबिच वार्ता हुँदै

काठमाडौं । मिटरब्याज पीडित सङ्घर्ष समिति र सरकारबिच सिंहदरबारमा आज...

एनआरएन नागरिकता वा एनआरएन कार्ड भएकाले अब बैंक खाता खोल्न सक्ने

एनआरएन नागरिकता वा एनआरएन कार्ड भएकाले अब बैंक खाता खोल्न सक्ने

काठमाडौं । अब गैरआवासीय नेपाली (एनआरएन) नागरिकता वा एनआरएन परिचयपत्र...