back
CTIZAN AD

बिरानो धर्मलाई यहॉको माटोले स्विकार्दैन

वि.सं.२०७७ चैत ३० सोमवार

1.2K 

shares

नेपालको विद्यमान धार्मिक अध्यात्मिक फेब्रिक र जग तोडमोड गर्दै भत्काएर मुलुकको उन्नति कुनै हालतमा संभव हुनेछैन। बिरानो धर्मलाई यहॉको माटोले स्विकार्दैन।

जब कुनै मुलुक वा समाजको धर्म संस्कृतिको मामलामा पतन हुन्छ त्यो मुलुकको उत्थान हुन असंभवप्राय: हुन्छ। मानिस यथार्यमा सांस्कृतिक, आध्यात्मिक सामजिक प्राणी हो। आफूलाई गुमाएर उत्थान हुन्छ भन्ने कुतर्कीहरू जत्तिको बिभिण्डिएका अरू कोही हुदैनन्।

भारतमा करिब २०० वर्ष ईसाई अंग्रेजले र ६०० वर्ष ईस्लाम शासकले अतिक्रमण गरेता पनि सनातन हिन्दू धर्मलाई अलिअलि डिस्टर्ब गरे पनि विस्तापित भने गर्न सकेनन्। त्यहॉ ८०५ हिन्दू नै छन् र विश्वभरि हिन्दू सनातनी संस्कृति तथा शिक्षाको प्रचार प्रसार पनि गरिरहेका छन्।

नेपालमा त कहिल्यै अरू धर्मको खासै अतिक्रमण भएको थिएन। तर गणतन्त्रपछि भने नेपालमाथि लादिएको राजनीतिक ब्यवस्थाको मूल लक्ष पश्चिमा डिजाईनमा नास्तिक मानिएका नेता र दलकै नेतृत्वमा हिन्दू सनातनी समुदायलाई नै मास्न लागिपरेको जनताले महसुस गर्दैछन्। यस्ता रवैया र षडयन्त्रमा नेताहरू फस्दै गएका र नेपालको चट्टानी जग सनातनी संस्कृतिका बर्खिलाप जान खोजेका तिनले नेपाललाई कहिल्यै समृद्ध र शान्तिमय बनाउने सक्ने छैनन्। आफूहरू यो जुनिमा पूर्ण असल सिद्ध हुदै जीवनलाई धिक्कार्न पर्ने अवस्थामा पुग्दै गरेको देखिदै छ।

यस्ता बिकृतिका कारण बिदेशमा रहेका लाखौँ नेपालीहरु आफ्नो मुलुक र संस्कृति पहिचानबिहीन हुदै जाने भएकोले अन्तत: जन जागरण आएर चट्टानी हिन्दू सनातनी समाजको बर्खिलाप टाउको बजार्नेहरू आफै सोत्तर हुनेछन्।
धर्म रक्षति रक्षत:।
स्वधर्म त्याग्ने मासिन्छन्।

परार साल नेपालमा भएको होलीवाईन सम्मेलन संचालन गर्न प्रम ओली आफै बालुवाटार छाडेर ३ दिन ३ रात सोल्टी होटेलमा बास बसेका थिए। जिल्ला, गाउँपालिका, नगरपालिकाका पदाधिकारीहरू र सांसदहरूलाई सम्मेलनमा उपस्थित भएर होलीवाईन आचमन गर्न उर्दी जारी गरेका थिए। रू १६ करोड राज्यको ढुकुटीबाट यो सम्मेलनमा खर्च गरिएको थियो। होलिवाईन क्रिश्चियन संस्थाले प्रम ओलीलाई मानार्थ पीएचडी उपाधी दिएको थियो। शान्तिका लागि काम गरेको भन्दै केही रकम पुरस्कार पनि दिएको थियो। त्यो होलिवाईन सम्मेलनको एमाले नेता ओली र माधव नेपाल प्रमूख संयोजक थिए।

नेपालका धर्म निरपेक्ष वा नास्तिक बामपन्थ भने नयॉ जड धर्म हुदै गएको छ । सधैं ब्यक्तिगत उन्नतिको दृष्टि राख्ने सनातन हिन्दू संस्कतिको धुवॉधार खोईरो खन्ने र होलीवाईन धर्मलाई रेडकार्पेट ओछ्याएर होलीवाईन आचमन गर्नुलाई तिनले क्रान्तिकारी धर्म मान्छन् । देशीभूमिमा बिदेशी रक्सीको प्रचार गरेर राजनीति गर्ने, अब त्यस्तो कुधर्म नेपालीले मान्दैनन्।

हिन्दूधर्म सहअस्तित्व तथा सहिष्णू हो, यो अब्राहमिक धर्महरूजस्तो प्रतिकारात्मक, निषेधात्मक र युद्धउन्मादी धर्म होईन । हिन्दू सनातनी पद्दति आध्यात्मिक जिवन र जिवनशैलीलाई सधैं सुब्यवस्थित कसरी राख्ने ? आफ्नो कर्मबाट आफूलाई कसरी मुक्ति दिदै आनन्दमय जिवन जिउनेरु त्यो हो। यसले कसैलाई यो गर, त्यो गर भने जोरजबरजस्ति गर्दैन। कुनै खास भगवान छैन, न कुनै बाईबल कुरान जस्तो जड धर्मग्रन्थ छ वा चल्छ।

आफै मनन गर, आफै साधना गर, त्यसको अन्तर्मनको आवाजले जे भन्छ त्यो गर, अरूको कुरा नपत्याउ, आफै अनुभव वा अनुभूति गरेर चित्त बुझेमात्र अपनाउ भन्छ।

सनातनी पद्दतिले अरू धर्मले जस्तो कसैको मुलुकमा अतिक्रमण गरेको छैन। यसले आजसम्म अरूको के बिगारेको छ ? प्रतिकार नगर्ने, ब्यक्ति र जिवन उन्नयनमा मात्र केन्द्रित दशौं हजार वर्षदेखि वैदिक परम्परा, ध्यान, ज्ञान, बोध, योग अध्यात्म यसका मुल विषय हुन्।

विश्वभरि हिन्दू सनातनी प्रणालीको महिमा अहिले तिब्र गतिले बढ्दैछ र ज्ञानको पुनर्जागरण हुदैछ । मुस्लिम मुलुक ईन्डोनेशियाले परार साल बालीसहरमा हिन्दू विश्वविद्यालय स्थापना गरेको छ ।

नेपाल जेमा पनि तन्नम् हुदै जानुको खास कारण आफ्नो हजारौं वर्षदेखि प्रमाणित र दिगो रहेको भाषा, धर्म, संस्कृत, संस्कृति, परम्परा, चाडपर्व अध्यात्मप्रति बैरभाव राख्ने राजनीतिको अचानो बन्दै गएर हो।अब त्यस्ता कुराजनीति चल्ने छैन र जनताले सहदैनन्।

जनताले हैन नेताहरूले सही मार्ग पक्डून्। यसमै नेता, जनता र मुलुकको कल्याण छ। ध्रुब सत्य कुरा, नेपालको विद्यमान धार्मिक अध्यात्मिक फेब्रिक र जग तोडमोड गर्दै भत्काएर मुलुकको उन्नति कुनै हालतमा संभव हुनेछैन। बिरानो धर्मलाई यहॉको माटोले स्विकार्दैन।

वि.सं.२०७७ चैत ३० सोमवार ०८:३५ मा प्रकाशित

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नयाँ पुस्ताको उदय नेपालको राजनीतिक इतिहास परिवर्तन, संघर्ष र पुनसंरचनाले...