back
CTIZAN AD

कार्यान्वयन भएन सार्वजनिक यातायातमा भाडा

वि.सं.२०७३ माघ २४ सोमवार

930 

shares

२४ माघ, काठमाडौँ  । सरकारले सार्वजनिक यातायातमा भाडा घटाएको एक वर्ष बित्दा पनि भाडादर कार्यान्वयन हुन सकेको छैन ।

यातायात व्यवस्था विभागले विसं २०७२ माघ २४ गते सार्वजनिक यातायातमा वैज्ञानिक भाडा पद्धतिअनुरुप भाडा समायोजन गर्ने निर्णय गरेको थियो । निर्णय भएको एक वर्ष बित्दा पनि विभागले अनुगमन नगरेकाले कार्यान्वयन हुन नसकेको यात्रुको गुनासो छ ।

गत वर्ष घटाएको भाडादरअनुसार चार किमी दूरीमा रु १३ भन्दा बढी भाडा लिन पाइँदैन । तर यो दर कार्यान्वयन नहुँदा पुरानो बानेश्वरदेखि रत्नपार्कको दूरीमा आउँदा रु १८ भाडा तिर्न बाध्य हुनुपरेको यात्रु कमला बस्नेतको अनुभव छ ।

चार किमीभन्दा कमको यो दूरीमा सवारीका परिचालकले विभागले तोकेभन्दा रु पाँच बढी भाडा असुलिरहेका छन् । विभागले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा भएको यातायात निरीक्षकको व्यवस्था पनि कार्यान्वयन गर्न सकेको छैन । ऐनबमोजिम टिकट दिएर मात्र यात्रुलाई यात्रा गराउनुपर्नेमा त्यो पनि कार्यान्वयन हुन सकेको छैन ।

उपभोक्ता मञ्च नेपालका उपाध्यक्ष रोशन पोखरेल व्यवसायी सङ्गठित भएर मनपरी भाडा लिने पक्षमा वकालत गर्ने, उपभोक्ता सङ्गठित नहुने र राज्य जिम्मेवार नभएकाले सार्वजनिक यातायातको भाडा नघटेको अनुभव सुनाउनुहुन्छ ।

“एउटा यात्रुले कति दिन परिचालकसँग झगडा गर्ने ? नयाँ व्यक्तिले सवारी साधन किनी रुटमा सञ्चालन गर्न चाहेमा यातायात व्यवसायीका समितिलाई रु पाँच लाख बुझाउनुपर्छ, यसले व्यवसायीको कोष बलियो छ, सरकारी निकायमा यो कोषको प्रभाव पर्ने भएकाले नेपालको यातायात क्षेत्र अस्तव्यस्त बनेको हो”– उहाँले भन्नुभयो ।

वैज्ञानिक भाडादरका नाममा पेट्रोलियम पदार्थको भाउ बढ्दा बढ्ने र घट्दा नघट्ने गलत प्रणालीको विकास गरिएको उपभोक्तावादीको भनाइ छ । दसैँका बेलामा विभागले अनुगमन गरेजस्तो गरे पनि अरु बेलामा आँखा चिम्लेर बस्ने गरेको यात्रुको गुनासो छ ।

मञ्चका अध्यक्ष हरेन्द्रबहादुर श्रेष्ठ सर्वोच्च अदालतले विसं २०६० मा ट्याक्सीमा बिलिङ प्रणाली लागू गर्न दिएको अन्तरिम आदेश १३ वर्ष बित्दा पनि सरकारले कार्यान्वयन नगराएको बताउनुहुन्छ ।

विभागका प्रवक्ता डा टोकराज पाण्डे जनशक्ति अभावका कारण अनुगमन गर्न नसकिएकाले भाडादर कार्यान्वयन नगर्नेलाई कारबाही गर्न नसकिएको स्वीकार्नु हुन्छ । “देशभर २३ लाख सवारी दर्ता भएका छन्, त्यसमध्ये दुई लाख यात्रुवाहक सार्वजनिक सवारी छन्, बाँकी मालबाहक र निजी सवारी छन्, यातायात क्षेत्रलाई व्यवस्थित गर्ने योजनामा विभाग छ”– उहाँले भन्नुभयो ।

सार्वजनिक यातायातमा एकाधिकार (सिन्डिकेट), रुटमा दर्ता गरेर विद्यालय र अन्य कार्यालयका यात्रु बोक्ने, साना सवारीमा यात्रु कोचिन बाध्य हुनु, साँझ परेपछि सार्वजनिक सवारी नपाउने एवम् रिजर्भमा जाने गर्नाले यात्रुले दुःख पाउने गरेका छन् । रासस

वि.सं.२०७३ माघ २४ सोमवार १३:५५ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...