back
CTIZAN AD

२४ घण्टामा थपिए कोरोनाका ८६३६ संक्रमित, १६९ जनाको मृत्यु

वि.सं.२०७८ जेठ ११ मंगलवार

663 

shares

११ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ८६३६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको २२,३०६ पिसीआर र ६३० ऐन्टिजेन परीक्षणमा ८६३६ जना संक्रमित थपिएका हुन् । संक्रमित हुनेको यो संख्या आइतबारको तुलनामा झण्डै १२ सयले बढी हो ।

आज भक्तपुरमा ३२३, ललितपुरमा ४२७ र काठमाडौंमा १८६३ गरी उपत्यकामा २६१३ जना संक्रमित थपिएका मन्त्रालयले जनाएको छ । आज थपिएका ८६३६ जनासँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा १६९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका १६९ जनासँगै हालसम्म ज्यान गुमाउनेको संख्या ६,७०० पुगेको छ ।

त्यस्तै २४ घण्टामा ६,४०४ जना निको भएका छन् । आज निको भएका ६४०४ जनासँगै नेपालमा हालसम्म ४ लाख ४ हजार ८८७ जना संक्रमण मुक्त भएका छन् । मन्त्रालयका अनुसार निको हुनेको यो दर ७६.६ प्रतिशत हो ।

त्यसैगरी हाल देशैभरी १ लाख १७ हजार २६१ जना सक्रिय सक्रमित रहेका छन् । ती मध्ये देशैभरीका संस्थागत आइसोलेशनमा ८,८३३ जना र होम आइसोलेशनमा १ लाख ८ हजार ४२८ जना रहेका छन् ।

मन्त्रालयका अनुसार हाल देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा १६७२ जना र भेन्टिलेटरमा ४४७ जना उपचाररत छन् । साथै क्वारेन्टिनमा रहनेको संख्या ९१४ पुगेको छ ।

त्यसैगरी हालसम्म पिसीआर प्रविधिबाट २९ लाख ५८ हजार ६२० वटा नमुना परीक्षण गरिएको छ ।

उपत्यकामा फेरि थपियो एक साता निषेधाज्ञा, किनारा पसल पनि बन्द हुने

 

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १८५ जनाको मृत्यु, ७४२५ संक्रमित

नेपालमा कोरोनाको कहरः आइसीयु र भेन्टिलेटरमा मात्रै २१६४ जनाको उपचार

 

वि.सं.२०७८ जेठ ११ मंगलवार १७:४५ मा प्रकाशित

सडक स्तरोन्नतिपछि २० मिनेटको बाटो ५ मिनेटमै छोटियो

सडक स्तरोन्नतिपछि २० मिनेटको बाटो ५ मिनेटमै छोटियो

म्याग्दी । बेनी नगरपालिका–१० वाखेत हुँदै म्याग्दीको प्रमुख पर्यटकीयस्थल टोड्के...

आजको मौसम विवरण : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना !

आजको मौसम विवरण : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । आज देशका विभिन्न भूभागको मौसम सामान्यतया बदली रहने...

राष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् ।...

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि...

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ । जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न...

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को...