३१ जेठ, जापान । गैर आवाशिय नेपाली संघ ओकिनावाको उरासोएमा जुन १३ मा सम्पन्न तेस्रो अधिबेशनले संयोजकमा ज्ञानेन्द्र भट्ट सहितको नया कार्यसमितिलाई सर्बसम्मत चयन गरेको छ ।
निर्बाचन समितिले दिएको समयाबधिमा परेका उम्मेदवारीहरु मध्येबाट कतिपय पदहरुमा आकांक्षीहरुको इच्छा बाझिएको जस्तो देखिए पनि अन्तत्वोगत्वा सबै पदाधिकारीहरु सर्बसम्मत चयन भएको निर्बाचन कमिटिका संयोजक लक्ष्मण ओझाले अधिबेशनमा जानकारी दिए ।
ओकिनावा क्षेत्रीय समितिको नयाँ २०२१–२०२३ को कार्यसमितिको लागि संयोजकमा ज्ञानेन्द्र भट्ट, उपसंयोजकमा देबेन्द्र खड्का र सुजन न्यौपाने चयन भएका छन् भने महिला संयोजकमा कसैको पनि उम्मेदवारी नपर्दा रिक्त रहेको अवस्था छ ।

त्यसैगरी अन्य पदहरुमा सचिबमा चक्र बहादुर शाही, सहसचिबमा केबी टमटा, कोषाध्यक्षमा मंगल बहादुर सुनार, सहकोषाध्यक्षमा पुजन श्रेष्ठ सर्बसम्मत भएका छन् भने सदस्यतर्फ हरि कंडेल, ललित बन्जाडे, सुबाश गुरुङ, अभिषेक पौडेल, महिला सदस्यमा सरिता तामाङ र बिद्यार्थी सदस्यमा सुशील अधिकारी चयन भएका छन् ।
एनआरएन ओकिनावामा यस अगाडी प्रितम गर्बुजाको नेतृत्वमा तदर्थ समिति रहेको थियो ।
नेपाली बिद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको ओकिनावामा क्षेत्रमा पछिल्लो समय नेपालीहरुको समस्याहरु पनि बढ्दै गएको अवस्थामा नयाँ कार्यसमितिले ओकिनावाबासी नेपालीहरुको हकहित, ज्ञान संचार लगायतको बिषयमा महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने चुनौती रहेको आंकलन गर्न सकिन्छ ।
क्षेत्रीय समिति ओकिनावाको अधिबेशनलाइ सफल पार्न एनआरएन जापानका केन्द्रीय पदाधिकारीहरुको साथमा ओकिनावा क्षेत्रीय समितिका संस्थापक संयोजक सन्जिब श्रेष्ठ तथा ओकिनावास्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति थियो ।
वि.सं.२०७८ जेठ ३१ सोमवार ०९:०७ मा प्रकाशित






























