back
CTIZAN AD

एनआरएनए मलेसियाको अध्यक्षमा शाहको उम्मेदवारी

वि.सं.२०७८ असार १७ बिहीवार

591 

shares

१७ असार, क्वालाम्पुर । गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसिसी मलेसियाका पूर्वअध्यक्ष एवं बर्तमान आईसिसि सदस्य महेन्द्रजंग शाहले एनआरएनए एनसिसी मलेसियाको सातौ अधिबेशनका लागी बुधबार अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

साहले मलेसियामा स्थापित संघ\संस्थाका प्रतिनिधिको उपस्थितिमा उम्मेदवारी घोषणा गरेका हुन् । शाहको उम्मेदवारी कार्यक्रममा जनसम्पर्क समिति मलेसियाका उपाध्यक्ष कमल गौतम र टेक टमाटाले एनआरएनए मलेसियाको आगामी अध्यक्षमा शाहलाई बिजय गराउन मलेसियामा रहेका सबै नेपालीलाई आग्रह गरे ।

एनसीसी मलेसियालाई गतिशिल नेतृत्व प्रदान गरि एनसीसी मलेसियाको हरेक गतिबिधीहरुलाई श्रमिकमैत्री बनाउन पुनः एक कार्यकाल काम गर्ने उद्देश्यले शाहले उम्मेदवारी दिएको बताएका छन् । शाहले उम्मेदवारी घोषणासंगै आफ्ना घोषणापत्र समेत सार्बजनिक गरेका छन् ।

No description available.

नेपाल बाहीर बस्ने नेपालीहरु स्वतः गैरआबासीय नेपाली हुन भन्ने परिभाषालाई पुर्नस्थापित गर्नका लागि अन्तराष्ट्रिय समन्वय परिषदमार्फत् पहल गरिने जानकारी गराएका छन् । उनले बिगतमा घोषित कार्यक्रमहरु बिबिध कारणवश सम्पन्न गर्न असमर्थ भएको बताउँदै ती अधुरा कामहरु सम्पन्न गर्न अध्यक्षमा विजयी गराउन आग्रह गरेका छन् । उनले मलेसियाबासी एनसीसी सदस्यहरुलाई सहयोग र समर्थन गरि आगामी सातौ महाधिबेशनमा अध्यक्षमा निर्बाचित गरि सहयोग गर्न अपिल गरेका छन् ।

यस्ता छन् शाहको प्रतिबद्धताहरु
१. एनसीसी मलेसियाको हरेक गतिबिधिहरुलाई श्रमिक मजदुरहरुको पक्षमा अधिकतम श्रममैत्री बनाउन कोसिस गरिने र अझ सशक्त बनाईने छ ।

२. मलेसियामा रहेका नेपालीहरुलाई निःशुल्क एनआरएनएको सदस्यता वितरण गरिनेछ ।

३. नेपालमा पर्यटन प्रबर्द्धनका लागि अधिकतम पहल गरिरहेको र आगामी दिनहरुमा अझ प्रभावकारी र परिणाममुखी वनाउनका लागि पहल गरिनेछ ।

४. नेपाली नियोगसँग सहकार्य गर्दै नेपाली समुदायमा आइपरेका समस्या तथा अलपत्र परेका नेपाली श्रमिकहरुको हकहित तथा समस्या समाधानका लागि अधिकतम पहल गरी थप रचनात्मक ढङ्गवाट कार्य सम्पादन गरिने ।

५. मलेसिया सरकारको सम्वन्धित निकायसंगको सहकार्यमा नेपाली श्रमिकहरुका लागि चेतनामुलक कार्यहरु गरीने र संस्थागत रुपमा सम्वन्ध स्थापित गरी थप कार्यहरु गरिने ।

६. प्राय नेपालीहरु मलेसिया आउँदा यहाँको भाषा, सस्कृति, धर्मका वारेमा त्यति जानकारी नहुँदा समस्यामा पर्ने हुँदा सोको न्युनिकरणका लागि चेतनामुलक कार्यक्रमको आयोजना गरिनेछ ।

७. मलेसियासंग नेपाली समुदायको भूमिका प्रभावकारी वनाउनका लागि सम्वन्धित पक्षसंग समन्वय गरिनेछ ।

८. नेपालमा बैदेशिक लगानिका लागि संवृद्ध नेपाल निमार्णको अभियानमा मलेसियावाट इच्छुक लगानीकर्ताहरुको लागि आवश्यक पहल गर्न नेपाली नियोगको समन्वयमा प्रभावकारी भूमिका निर्वाह गरिनेछ ।

९. नेपालको पहिचान रहने नेपाली कला तथा सस्कृतिलाई विश्व सामु चिनाउनका लागि गैरआवसिय नेपाली संघको विश्व संजाल मार्फत आवश्यक पहल गरिनेछ ।

१०. पुर्व परिभाषीत गैरआवसिय नेपाली संघको मान्यता अनुसार सार्क मुलुक भन्दा वाहिर एक आर्थिक वर्षमा १८२ दिन नेपाल वाहिर वस्ने नेपाली स्वतः गैरआवसिय नेपाली हुन भन्ने परिभाषालाई पुन स्थापित गर्नका लागि अन्तराष्ट्रिय समन्वय परिषदमार्फत् पहल गरिनेछ ।

 

वि.सं.२०७८ असार १७ बिहीवार १३:१५ मा प्रकाशित

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...