back
CTIZAN AD

कविता: निर्विवाद

वि.सं.२०७८ असार १९ शनिवार

840 

shares

नभमा उडुँ भन्छु
खस्ने डर
जलभित्रै तरू भन्छु
डुब्ने डर
थलमाथि उभुँ भन्छु
लड्ने डर
मान्छेको यहाँ
न कुनै थर छ
न कुनै भर छ
न कुनै ठेगान
न कुनै विश्वास
केवल त्रस्त ग्रस्त छ ।

जीवन मरणको हिसाब किताब
कहिं कतै छैन
मृत परिजनको चीत्कारले
उसको मन छुँदैन
सम्पन्न देश ठान्छ
आफैंलाई सर्वोपरि मान्छ
कसैको ठाममा
साँध सिमाना मिच्दैछ
मिचेर निर्धक्क विध्वंस
बिजयको बिगुल फुक्दैछ
प्रगतिको नाममा
अहङ्कारी पुल्ठीले
शान्तिप्रिय बस्ती डढाउदैछ
मानवता मान्छेले यहाँ
आफै नै हराउँदैछ
न्यायको ढोका बन्द छ
हक अधिकार सुरक्षा
व्यवस्थाको हाहाकार छ
तहल्का मच्चाउनेको भरमार छ
अरू त के कुरा ?
विषाणु भाइरसको कारण
श्वास प्रश्वास समेत
अचेल जीवन मरणको
अखडा बनेको छ
दैत्य गुरु शुक्राचार्य
कुरीतिले गर्दा
ईश्वरीय वरदान ब्रह्माण्ड नै
फसादमा परेको छ
मध्यस्थता गर्ने अहोदा
निर्क्यौल विहीन विवादमा
ठाडो मुर्दासरह उभेकै छ
रमिते डाँडा पारिबाट
निर्लज्ज रमिता हेर्नलाई ।

फलतः
तिमी र म पनि विवादमा
हामी सबै वादविवादमा
रह्यो त मृत्यु नै केवल अब
निर्विवादमा…निर्विवादमा ।

 

वि.सं.२०७८ असार १९ शनिवार ०७:१५ मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...