back
CTIZAN AD

कविता: तेरो जन्म

वि.सं.२०७८ असार १९ शनिवार

780 

shares

‘तेरो जन्म
कुनै युगको शुरुवात
कुनै युगको अन्त !’
हो यस्तै धडकन धड्काउँछ
म भित्र मान्छे !

‘तँ भन्नुको अर्थ सुर्योदय !
तेरो जिउनुको अर्थ बिहानी !’
चिन्तन यस्तै झस्स झस्स
झस्काउँदै जीवन हुनुको आभास
जगाइरहन्छ म भित्र मान्छे ।

हरदिन नवयुग
हररात बिजय
हो यस्तै धारणा सायद
उसको चेतनाको
हरेक साँझ बिहान हर्षोल्लास गर्छ
म भित्र मान्छे ।

हो मान्छेमा जिउनु
महत्वाकाङ्क्षामा धार
लगाउनु भन्छ
मान्छेमा चम्कनु
लडाईँमा साहस बढाउनु भन्छ
म भित्र मान्छे !

पहाड समथर गन्छ
सागर तालको सतह गन्छ
हुँ म समय भन्दै
प्रकृतिलाई ललकार्छ
हो हुँकारकै लहर बाँधिएर बाँच्छ
म भित्र मान्छे !

ब्रह्माण्ड ग्रह उपग्रह
उसको कल्पनाका स्वरुप सायद
विचित्र इतिहासको लालच बुन्छ
बिज्ञान हतियार बनाउँदै
आगो पानी हावाको अगुवाई गर्छ
म भित्र मान्छे !

दुनिया बहसमा पार्नु
उसको जन्मको सभ्यता भन्छ
ऋतु बदली हिंडनु
ऊ बाँचिरहेको योग्यता भन्छ
हरपल हरदिन
अद्भुत अद्भुत परिचय बनिरहन्छ
म भित्र मान्छे !

हो अचेल म भित्रका मान्छे
फूलको संवेदनशीलता मान्दैन
खरायोको नैसर्गिकता सुन्दैन
संधै विस्फोटनको गन्ध बन्दै
वरदान अभिशापको नक्सा कोरिरहन्छ
मान्छे भएको दम्भमा !

आजभोली मान्छेलाई म
दानविय बौद्धिकताको हूलमा देख्छु
बुद्ध हत्या गर्ने षदयन्त्रको कूलमा गन्छु
आत्मघातका सुत्रधारहरू जस्तै !

‘तेरो जन्म
कुनै युगको शुरुवात
कुनै युगको अन्त !’
यस्तै धडकन धडकाउँछ
म भित्र मान्छे !

 

 

वि.सं.२०७८ असार १९ शनिवार ०७:१६ मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...