back
CTIZAN AD

आफूमाथि अपशब्द प्रयोग गरिएको भन्दै जर्मनीबाट प्रेम पोमुको खेदप्रकट

वि.सं.२०७८ साउन ३ आइतवार

732 

shares

३ साउन, जर्मनी । गैरआवासीय नेपाली संघ एनआरएनएको ‘एनआरएन द सिङ्गर’ भर्चुअल लाइभ कार्यक्रममा आफूमाथि अपशब्द प्रयोग गरिएको भन्दै जर्मनीबाट प्रेम पोमुले खेद प्रकट गरेका छन् ।

एनआरएनए आईसीसी सदस्य तथा नेपाल पत्रकार महासंघ युरोप शाखाका उपाध्यक्ष समेत रहेका पोमुले पत्रकार सम्मेलनमा फ्रान्स निवासी अनुराधा पौडेलले अपशब्द प्रयोग गरेको भन्दै आपत्ति जनाएका छन् ।

‘२७-जुन-२०२१ का दिन गैरआवासीय नेपाली संघ ‘एनआरएन द सिङ्गर’ भर्चुअल लाइभ कार्यक्रममा विश्व भरिका पत्रकार, सर्जक तथा विशिष्ठ व्यक्तित्वहरु उपस्थित पत्रकार सम्मेलनमा फ्रान्स निवासी अनुराधा पौडेलजीले, म आईसीसी सदस्य तथा नेपाल पत्रकार महासंघ युरोप शाखा उपाध्यक्ष प्रेम पोमुमाथी अपशब्द प्रयोग गरी मेरो भावना माथी बाध्यात्मक चोट पुर्याउनु भएकोले मैले प्रतिउत्तर स्वरुप बिरोध मात्र गरेको हो मेरो मनसाय उहाँलाई तथा सामाजीक सञ्जाल(माध्यम)को भावनामा ठेस पुर्याउनु नरहेको स्पष्ट पार्न चाहान्छु ।’ पोमुले लेखेका छन् ।

पोमुले यस्ता शब्दहरु प्रयोग गरेर एकअर्काको भावनामा ठेस नपुर्याउन अनुरोध गर्दै विदेशमा रहेका तथा समस्यामा परेका नेपालीहरुको आवाज उठाउँदै सबै पत्रकारहरु ऐक्यबद्ध भएर अगाडि बढ्न समेत अनुरोध गरेका छन् ।

पोमुले कसैले पनि यस्ता घटनाहरु पुनः दोहोर्याउन नपरोस् भन्दै यदि आफ्ना भनाईका कारण कसैको भावनामा ठेस पुगेको भए क्षमा दिन अनुरोध गरेका छन् । पोमुले भनेका छन् ‘आफू पनि सम्मानित बनौं र अरुको पनि सम्मान गरौं ।’ पोमुले भनेका छन् ।

 

वि.सं.२०७८ साउन ३ आइतवार १५:४४ मा प्रकाशित

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...