back
CTIZAN AD

एनआरएनए बहराइनको अध्यक्षमा भारी मतसहित लक्ष्मी गिरी विजयी

वि.सं.२०७८ साउन १० आइतवार

762 

shares

२५ साउन, बहराइन । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् ( एनआरएनए) बहराइनको अध्यक्षमा पुनः लक्ष्मी गिरी भारी मतसहित निर्वाचित भएकी छन् ।

शुक्रबार सम्पन्न संघको निर्वाचनमा गिरीले १,२६५ मत खसेकोमा ९५६ मत ल्याएर विजयी भएकी हुन् । गिरीका प्रतिद्धन्द्धी रहेका सुवास केसीले ३०९ मत प्राप्त गरेका थिए ।

त्यसैगरी संघको वरिष्ठ उपाध्यक्षमा अमर श्रेष्ठ र उपाध्यक्षहरुमा तिर्थ भण्डारी, युवराज प्याकुरेल र महिला उपाध्यक्षमा कृष्ण कुमारी गुरुङ निर्विरोध निर्वाचित भएका छन् भने महासचिवमा राजकुमार श्रेष्ठ, सचिवमा विरेन्द्र बुढाथोकी र कोषाध्यक्षमा भावना आचार्य निर्वाचित भएका छन् ।

May be an image of 18 people, people standing and indoor

त्यस्तै समितिको सहकोषाध्यक्षमा दीप विक्रम राना, युवा संयोजकमा सन्त कुमार न्यौपाने तथा सदस्यहरुमा तिलक बहादुर कार्की, दीपक बहादुर दर्जी, शुसीला क्षेत्री, रुद्रमणि उप्रेती, मिना तामाङ, फलामसिंह लामा र सूर्य भण्डारी पनि निर्विरोध निर्वाचित भएका छन् ।
बहराइनबाट संघको आइसीसी सदस्यका लागि दिनेश बहादुर बस्नेत पनि निर्विरोध निर्वाचित भएका छन् ।

राजकु्मार बस्नेत संयोजक, छविलाल वि.क र झहरमान थेवे सदस्य रहेको निर्वाचन समितिले संघका केही पदमा निर्वाचन प्रक्रियाद्धारा तथा केही पदहरु निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।

May be an image of text

No photo description available.

May be an image of text that says '"नेपालीका लागि नेपाली" गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिपद, बहराईन स्थापति ૨૦૦૭ NRNA "Nepali Nepali" Non-Resident Nepalese Association National Coordination Council, Bahrain Estd.: निर्वाचन समिति: संयोजक श्री राजकमार बस्नेत सदस्य श्री छविलाल सदस्य श्री भहरमान थेवे धन्यवाद NCC-BAHRAIN संयोजक निर्वाचन समिति, आठौं राष्ट्रिय महाधिवेशन गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परीषद बहराईन Contacts :(00973) 3811 2370, 6634 3400 Email nrnabh2007@gn'

वि.सं.२०७८ साउन १० आइतवार १५:२५ मा प्रकाशित

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...