back
CTIZAN AD

एनआरएनए इटालीको अध्यक्ष छविलाल कंडेल, को–को छन् त कार्यसमितिमा ?

वि.सं.२०७८ साउन १४ बिहीवार

915 

shares

२९ जुलाई, इटाली । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) इटालीको अध्यक्षमा छविलाल कंडेल निर्विरोध निर्वाचित भएका छन् ।

जुलाई २५ मा सम्पन्न परिषद्को सातौं अधिबेशनले कंडेलेको नेतृत्वमा २०२१–०२३ का लागि नयाँ कार्यसमितिको चयन गरेको हो ।

May be an image of 6 people, including Chhabi Lal Kandel, people standing and people sitting

संघका अध्यक्ष देवराज गुरुङको सभापतित्व स्विजरल्याण्डका लागि नेपाली राजदूत मणिप्रसाद भट्टराईको प्रमुख आतिथ्यता, इटालीको लागि नेपाली काउन्सीलर पाओलो नुगारीको बिसेष आतिथ्यता तथा एनआरएनएका केन्द्रीय अध्यक्ष कुमार पन्त, महासचिब डा. हेमराज शर्मा, युरोप संयोजक नारायण आचार्य, आइसीसी सदस्य दिपेश कुमार रेग्मी, एनआरएनए इटालीका पूर्वबरिष्ठ सल्लाहकार रिचार्ड भण्डारी लगाययतको आतिथ्यतामा अधिबेशन सम्पन्न भएको थियो ।

May be an image of 7 people, including Chhabi Lal Kandel and people standing

निर्बाचन संयोजक मनोजकुमार कार्कीका अनुसार उम्मेदवारी नामावाली दर्ता गर्ने समयअवधिसम्म पदहरुमा दोहोरो उम्मेदवारी नपरेकाले सबै उम्मेदवारहरु निर्विरोध भएको बताइएको छ ।

May be an image of 16 people, including Chhabi Lal Kandel, people sitting and people standing

उक्त नयाँ कार्यसमितिको उपाध्यक्षमा भुवन नियोग लिम्बु, महासचिवमा भवेश कुमार सिंह, सचिवमा अशोक उप्रेती, कोषाध्यक्षमा दीर्घामाया मगर, महिला संयोजकमा बिना मगराती, युवा संयोजक श्याम खरेल र सदस्यमा सरज कार्की निर्विरोध भएका हुन् । रिक्त रहेका अन्य पदहरुमा नयाँ कार्यसमितिले चयन गर्दै जाने बताइएको छ ।

त्यस्तै परिषद्ले संघको आइसीसी सदस्यका लागि राजन चापागाईँलाई चयन गरेको छ ।

 

वि.सं.२०७८ साउन १४ बिहीवार १३:०४ मा प्रकाशित

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...