back
CTIZAN AD

शैक्षिक सहकार्यका लागि दुइ विश्वविद्यालय बीच सम्झौता

वि.सं.२०७८ साउन १७ आइतवार

642 

shares

१७ साउन, सुर्खेत । शैक्षिक सहकार्यका लागि मध्यपश्चिम विश्वविद्यालय र स्पेनको बास्क कन्ट्री विश्वविद्यालयबीच सम्झौता गरिएको छ ।

मध्यपश्चिम विश्वविद्यालयका तर्फबाट उपकुलपति प्र.डा. नन्दबहादुर सिंह र बास्क कन्ट्री विश्वविद्यालय तर्फबाट समकक्षी रेक्टर मारिया इभा फेरेरिया गार्सियाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

सम्झौता सन् २०२१ मे १९ मा भए पनि केही प्राविधिक कुरामा थप सहजीकरण गरिएपछि आज सार्वजनिक गरिएको विश्वविद्यालयले जनाएकोे छ । दुई विश्वविद्यालयबीच अनुभव तथा वैज्ञानिक ज्ञान आदान–प्रदान गर्दै प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको वृत्तिविकासका साथै समाज सेवामा योगदान पुर्याउनु उक्त सम्झौताको उद्देश्य रहेको जनाइएको छ ।

त्यस्तै दुई राष्ट्रबीच आपसी साँस्कृतिक, वैज्ञानिक र शैक्षिक सम्बन्ध बलियो बनाउने र दुवै विश्वविद्यालयका विद्यार्थी तथा प्राध्यापकहरुको आदान–प्रदानका साथै शैक्षिक सम्बन्ध बढाउने पनि सम्झौतामा उल्लेख छ ।

वि.सं.२०७८ साउन १७ आइतवार १२:४० मा प्रकाशित

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

जुम्ला । डिभिजन वन कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

मान्म (कालीकोट) । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

‘महिनावारी आराम कक्ष’ स्थापनापछि नियमित विद्यालय आउन थाले किशोरीहरु

‘महिनावारी आराम कक्ष’ स्थापनापछि नियमित विद्यालय आउन थाले किशोरीहरु

मान्म (कालीकोट) । कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा सामुदायिक विद्यालयमा ‘महिनावारी...

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...