२ अगस्त, दार–ए–सलाम । गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय समिति (एनआरएनए) तान्जानियामा दोश्रो कार्यकालका लागि पुनः पुष्पराज भट्टराई अध्यक्षमा निर्बिरोध निर्बाचित भएका छन् ।
अन्य निर्बिरोध निर्बाचित पदाधिकारीहरुमा उपाध्यक्षमा पासाङ शेर्पा (आरुषा), बिनोद पटेल (दार एस सलाम) र नारायण प्रसाद अर्याल (जान्जीबार) रहेका छन् भने महासचिवमा नविन पंडित, सचिवमा राम चौधरी, कोषाध्यक्षमा गोपाल रन्जन, सह–कोषाध्यक्षमा सन्तोष उदास, युवा संयोजकमा कृष्णबहादुर सुनार, महिला संयोजकमा सपना ढकाल र कार्यकारी सदस्यमा महेश गिरी, सिलम कुमारी, किसन दमाई र थानेश्वर दर्जी रहनु भएको छ ।
त्यसैगरी संघको सल्लाहकारमा प्रेम प्रसाद गुरुङ्ग र संरक्षकमा पूर्व अध्यक्ष भिमसेन क्षेत्रीलाई चयन गरिएको छ । संघका पूर्व अध्यक्ष तथा अनुगममकर्ता भीमसेन क्षेत्रीका अनुसार कार्यसमिति निर्बिरोध चयन भएको हो ।
वि.सं.२०७८ साउन १८ सोमवार ०७:२७ मा प्रकाशित






























