back
CTIZAN AD

लघुकथाः हराएका बा–आमा

वि.सं.२०७८ साउन ३० शनिवार

1.4K 

shares

सन्ध्याका आमाबाबाले सन्ध्या जन्मिने बितिक्कै सन्ध्यालाई हरियाली समुदायिक अस्पतालको एकतल्ला माथिको सुत्केरी वार्डमा छोडेर हिँडेका थिए । कसैलाई थाहा भएन कहाँबाट यसरी सुटुक्क भागे । किनकि मूल द्वारबाट बाहिर जाँदा गेटमा बस्ने पालेलाई अस्पतालको कागजपत्र देखाउनुपर्ने हुन्छ । तर, यसरी कागजपत्र नदेखाई गएको सिसि क्यामेरामा कोही फेला परेन ।

जे भए पनि सन्ध्याको भाग्य बलियो थियो आमाबाबाले यसरी छोडेर भागेपनि आफ्नो जीवन बाँच्न पाउने अधिकार सुरक्षित भयो ।

त्यसै अस्पतालमा काम गर्ने वरिष्ठ स्वास्थ्यकर्मीले सन्ध्यालाई आफ्नो सन्तान बनाईन् र पूर्ण आमा हुनुको कर्तब्य निर्वाह गरिरहेकी छिन् ।

रमाले कुनै दिन पनि सन्ध्या आफ्नै सन्तान होइन भन्ने छनक सम्म पर्न दिईनन् । आमाछोरी बिचमा आँ गर्दा अलङ्कार बुझ्ने वातावरण थियो।

कसैले भन्दैनथे सन्ध्या र रमा आमा छोरी होइनन् ।

सन्ध्याको माग मुखबाट खस्नुभन्दा पहिले पूरा हुन्थ्यो । आमा बाबाको इशारा समेत बुझ्ने गर्छे सन्ध्या। एक प्रिय र भिन्नै आत्मीयता छ यिनीहरू बिच ।

वर्षहरू बित्दै गए । रमाको घरमा अर्को सन्तान आयो । रमाकी देउरानीले छोरा पाइन् । सबैको ध्यान देउरानीको छोरा पट्टी केन्द्रित बन्दै गए ।

सन्ध्या अब एक्ली महसुस गर्दै थिई । रमालाई पनि देवरको छोरा आफ्नै रगत हो भन्ने कुराले छुँदै गयो ।

सन्ध्या पनि नयाँ सदस्यको रूपमा भाइ पाएर खुशी थिई । भाइको नजिक जाने आँट गरेर एकदिन ‘आन्टी मलाई भाइ काखमा राखिदिनुस् न एकछिन खेलाउँछु’ भन्दै मायाँ साट्ने कोशिषमा थिई तर तुरुन्त प्रतिक्रिया आयो ‘खबरदार यो बच्चा आमा बाउ बिना धर्तीमा आएको होइन । तैंले यसरी झ्याप्पै समात्न मिल्दैन । पूजा पाठ सकिएपछि समात्नु ।’ हजुरआमाको कर्कस स्वर सुनियो ।

सन्ध्यालाई आश्चर्य लाग्यो । के भनेको होला हजुरआमाले ? दिनभर यही कुरा मनमा खेलिरह्यो र बेलुका आमा अफिसबाट आउने बित्तिकै सुनाई हजुरआमाले भनेको कुरा सोधी–‘किन यस्तो भन्नुभयो हजुरआमाले ?’
रमासँग सजिलो उत्तर तुरुन्त आएन । के भनौँ भनौँ भयो ।
‘यस्तै हो बुढेसकालमा हामी पनि बर्बराउँछौँ’ उनले सम्झाउने पाराले भनिन् ।

तर सन्ध्याले कुरो बुझी सायद उसलाई घरमा भाइ जन्मिएपछि आफ्नी आमामा आएको परिवर्तनले पोलिरह्यो ।

मुखबाट खस्न नपाउँदै पूरा हुने मागहरू अब भने –‘हेर भाइलाई तेल लगाउने समय भयो यति सकेर लिन जान्छु है’ भन्दै समय परपर धकेलिँदै गएको महसुस भयो । एक महिना अगाडि देखि क्लासमा चाहिने एउटा सानो सिडी अहिलेसम्म आएन । बिहान भाइलाई तेल लगाउँदा ढीला भयो, दिउँसो आन्टीलाई नास्ता खाजा बनाउँदा ढीला भयो, बेलुका आन्टीको औषधिको बेला भएर ढीला भयो, राती त सबै पसल बन्द हुन्छन् कुरै भएन । एवम् प्रकारले एक महिना बित्यो तर सन्ध्याको माग पूरा भएन ।

इशारा, एक वाक्यले पूरा विवरण बुझ्ने सन्ध्याकी आमा अब त कानै नसुन्ने जस्तै बनेकी थिइन् ।

एकदिन सन्ध्या बिमारी भएर छट्पटाई, आमालाई बोलाई कैंयौँ पटक । आमाले उत्तर दिइन् म भाइलाई तेल लगाउँदै छु यस्सो बाहिर गएर औषधि लिएर आऊ ।

सन्ध्या आफै सकिनसकी औषधि लिन गई, औषधि पसलमा सुनी, ‘रमाले देवरको छोरो जन्मेपछि सन्ध्यालाई पटक्कै मायाँ गर्न छोडी किन होला ? यस्ता स्वार्थीले त अर्काको बच्चा काख नलिनु’ यति सुन्न नपाउँदै सन्ध्याका आँखा अगाडि धमिलो छायो । आखिर एक बनावट न हो हाड मासुको यो जीवन ।

मरेर माटोमै मिल्नुपर्ने हो । आधा बाटोमा नै मन भाँच्नु पर्ने किन होला ? सन्ध्याले बुझिन । आफैंलाई लतार्दै पसलबाट फर्केर घरतर्फ लागी तर कोठासम्म पुग्न भ्याइन । बाटोमै लडी । त्यसपछि के भयो सन्ध्यालाई के थाहा । जब होस खुल्यो ऊ अस्पतालमा थिई अनि उसका बाबाआमा शिशुकालमा जस्तै हराएका थिए ।

वि.सं.२०७८ साउन ३० शनिवार ०७:११ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...