back
CTIZAN AD

दश छेस्काहरू

वि.सं.२०७८ भदौ ५ शनिवार

819 

shares


मरेर गए
देखाए काम
अमर भए ।


दिए अर्पण
बाँच्दा भोकै थे
आज तर्पण ।


जाग नेपाली
पसिना बेची
लाग उकाली ।


देशमा चोट्टा
फेद न टुप्पो
खाँदै छन् चोक्टा ।


लेखेर राख
स्वार्थमा लिप्त
दिँदैनन् साथ ।


झेली वचन
खोजेको यहाँ
सच्चा सज्जन ।


जुधाए आँखा
अल्छीले आज
बँझाए पाखा ।


लुटतन्त्रको
खोक्रो आदर्श
लोकतन्त्रको ।

१०
दिएन साथ
शिखर चढ्छ
श्रमको माथ ।

 

वि.सं.२०७८ भदौ ५ शनिवार ०७:४० मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...