back
CTIZAN AD

कविताः कालले राज गर्ला

वि.सं.२०७८ भदौ ५ शनिवार

753 

shares

कति दिन अझ खेपौं, हुन्छ क्यारे बिहानी ।
झट पट गरि आजै, भन्छु मेरो कहानी ।
अबपनि कति बाँचौ, माथ दुख्दैछ यस्तो ।
सल सल गरि जाने, आपमा हंश जस्तो ।

घर गर अब आई, काज राम्रो समाल ।
अरु बल गर छोरा, हेर्न पाऊँ कमाल ।
वर पर सब बस्छन्, अन्य काका र बन्धु ।
तव खुस भइ तिम्रा, छेउमा आइभन्छु ।

नव बधु घर आइन्,बोल्न राम्रो सिकाऊ ।
वर पर सव आफ्ना, भाइ लाई चिनाऊ ।
घरि घरि बहिनीको,गाउँका छेउ छाऊ ।
असहज कति होला, कर्म कर्ता बनाऊ ।

अब पनि कति खेपौं, खेत बारी घुमेर ।
झट गरि यमराजा, आउने भो सुनेर ।
जिन तिन गरि बर्खा,पाँच दर्जन् कटाएँ ।
गर गर सब मेरो, भार जिम्मा लगाएँ ।

कति दिन अब माया, मोह बोकी रमाउँ ।
घरि घरि वह पोख्दै, बात बातै रमाउँ ।
अझ पनि बतिला छौ, सर्वथा पात्र मेरो ।
झल मल अब होला, तोड सारा अँधेरो ।

अब पनि दिन गन्ती, गर्नु पर्ने कसो खै ।
धक धक मन गर्दा, काम केनै भयो खै ।
दिन दिन अझ गाह्रो, रोगलेनै लतार्ला ।
अलि अलि गरि आफैं, कालले राज गर्ला ।
छन्द(मालिनी)

वि.सं.२०७८ भदौ ५ शनिवार ०७:४२ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...