कति दिन अझ खेपौं, हुन्छ क्यारे बिहानी ।
झट पट गरि आजै, भन्छु मेरो कहानी ।
अबपनि कति बाँचौ, माथ दुख्दैछ यस्तो ।
सल सल गरि जाने, आपमा हंश जस्तो ।
१
घर गर अब आई, काज राम्रो समाल ।
अरु बल गर छोरा, हेर्न पाऊँ कमाल ।
वर पर सब बस्छन्, अन्य काका र बन्धु ।
तव खुस भइ तिम्रा, छेउमा आइभन्छु ।
२
नव बधु घर आइन्,बोल्न राम्रो सिकाऊ ।
वर पर सव आफ्ना, भाइ लाई चिनाऊ ।
घरि घरि बहिनीको,गाउँका छेउ छाऊ ।
असहज कति होला, कर्म कर्ता बनाऊ ।
३
अब पनि कति खेपौं, खेत बारी घुमेर ।
झट गरि यमराजा, आउने भो सुनेर ।
जिन तिन गरि बर्खा,पाँच दर्जन् कटाएँ ।
गर गर सब मेरो, भार जिम्मा लगाएँ ।
४
कति दिन अब माया, मोह बोकी रमाउँ ।
घरि घरि वह पोख्दै, बात बातै रमाउँ ।
अझ पनि बतिला छौ, सर्वथा पात्र मेरो ।
झल मल अब होला, तोड सारा अँधेरो ।
५
अब पनि दिन गन्ती, गर्नु पर्ने कसो खै ।
धक धक मन गर्दा, काम केनै भयो खै ।
दिन दिन अझ गाह्रो, रोगलेनै लतार्ला ।
अलि अलि गरि आफैं, कालले राज गर्ला ।
छन्द(मालिनी)
वि.सं.२०७८ भदौ ५ शनिवार ०७:४२ मा प्रकाशित






























